आज कस्ता गाडी चलाउन पाइन्छ ?

काठमाण्डौ – आज चुनावको दिन भाडाका गाडी चलेका छैनन् । आज तोकिएका गाडी मात्रै सञ्चालन गर्न पाइने नियमअनुसार धेरै गाडी नचलेका हुन् । दैनिक उपभोगका वस्तु बोक्ने तथा अत्यावश्यक सेवाका गाडी निर्बाध रूपमा चलाउन पाइने आयोगले जनाएको छ । आज बिरामी बोकेको एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दूध बोक्ने गाडी, दमकल, शव वाहन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले आवत जावतका लागि गाडी चलाउन पाउँछन् । सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिस्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्...

सम्बन्धित सामग्री

चुनावको दिन अत्यावश्यक सेवाका गाडी चलाउन सहज, कस्ता गाडी चलाउन पाइन्छ ?

काठमाण्डाै – निर्वाचन आयोगले मंसिर ४ गते हुने मतदानको दिन गाडी सञ्चालनको लागि केही सहज बनाएको छ । यसअघिका चुनावहरुमा मतदानको दिन चलाउने धेरैजसो गाडीका लागि आयोग वा आयोगले तोकेका कार्यालयबाट पास लिनुपर्ने व्यवस्था हुने गरेकोमा यस वर्ष तोकिएको सेवा र क्षेत्रका गाडी चलाउन अनुमति लिनु नपर्ने भएको हो । आयोगले निकालेको सूचनामा एम्बुलेन्स, शव वाहान, दमकल, खानेपानीका ट्याङ्कर, दुध बोक्ने गाडी, तरकारी फलफूल तथा विद्युत सेवा, दुरसञ्चार र केबलका लागि प्रयोग हुने गाडी निर्वाध रुपमा चलाउन पाउने उल्लेख ...

राजाहरुले कस्ता गाडी चढ्थे ? अब हेर्न पाइन्छ नारायणहिटीमा

पूर्वराजपरिवारले प्रयोगमा ल्याएका तीन सवारी नारायणहिटी दरबार सङ्ग्रहालयमा सर्वसाधारणका लागि प्रदर्शनमा राखिएको छ । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले आज पूर्वराजा त्रिभुवन र महेन्द्रले प्रयोग गर्नुभएका तीन सवारी सर्वसाधारणले हेर्न पाउने गरी आज खुला गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले पूर्वराजपरिवारले प्रयोग गरेका …

माल पाएर चाल नपाएको सरकार : खियाले खरानी बन्दै खर्बका गाडी

संघीय सरकार मातहतका विभिन्न मन्त्रालय, सरकारी कार्यालय, अड्डा-अदालत तथा प्रहरी परिसरमा पुग्दा थोत्रिएर कबाड बनेका सरकारी सवारी साधनको चाङ देख्न सकिन्छ । कतै खिया लागेका, कतै झाडीले छोपिएका सवारी साधन एउटामाथि अर्को खप्ट्याएर राखिएको छ । एउटैको करोडभन्दा माथि मूल्य पर्ने गाडी समेत बेहाल अवस्थामा छन् । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्रै यस्ता दृश्य प्रशस्तै देख्न पाइन्छ । यसरी अलपत्र पारिएका, फ्याँकिएका, थन्क्याइएका सवारी साधनमा पजेरोदेखि प्राडोसम्मका बहुमूल्य कार पनि छन् । मर्मत गरी उचित प्रयोग...

नेपालमा पाइन्छ तीन प्रकारका विद्युतीय गाडी

काठमाडौं । विद्युतीय गाडी संसारभर तीन प्रकारमा उपलब्ध रहेका छन् । ग्राहकमा कस्तो किसिमको विद्युतीय कार किन्ने भन्ने अन्योल संसारभर नै व्यप्त रहेको पाइन्छ । सामान्य बोलीचालीको भाषामा इभी भनिए पनि कुनै गाडीमा इन्टरनल कम्बस्चन इन्जिन र व्याट्रीको संयुक्त पावर पाउन सकिन्छ भने व्याट्रीको मात्रै प्रयोग भएको गाडी पनि पाइन्छ । अहिले व्याट्री पावरबाट मात्रै […]

ग्रेटवाल मोटरका गाडी खरिदमा पाइन्छ ६ लाखसम्मको छुट

नेपालको लागि ग्रेटवाल मोटर्सको आधिकारीक वितरक भीजी इम्पेक्सले यसपालिको दसैँ, तिहार तथा छटको उपलक्ष्यमा विशेष योजना सार्वजनिक गरेको छ ।  भीजी इम्पेक्सले ग्रेटवालका गाडीको खरिदमा ६ लाखसम्मको अफर दिएको छ । यो अफर जीडब्लुएमको दुई एसयूभी (थर्ड जेन हाभल एचसिक्स र हाभल जलिअनका साथै पिकअप मा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । भीजीले सार्वजनिक गरेको ‘चाडपर्वको उमंग हाभल र पइर चढी दंग’ योजनामा आकर्षक नगद छुट, १ वर्षको निःशुल्क सडक कर, निःशुल्क एक्सेसरिज, सहज फाइनान्सको सुविधा र १ वर्षको विस्तृत बिमा लगाय...

ग्रेटवाल मोटरका गाडी खरिदमा पाइन्छ ६ लाखसम्मको छुट

काठमाडौं । नेपालको लागि ग्रेटवाल मोटर्सको आधिकारीक वितरक भीजी इम्पेक्सले यसपालिको दसैँ, तिहार तथा छटको उपलक्ष्यमा विशेष योजना सार्वजनिक गरेको छ । भीजी इम्पेक्सले ग्रेटवालका गाडीको खरिदमा ६ लाखसम्मको अफर दिएको छ । यो अफर जीडब्लुएमको दुई एसयूभी (थर्ड जेन हाभल एचसिक्स र हाभल जलिअनका साथै पिकअप मा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।भीजीले सार्वजनिक गरेको ‘चाडपर्वको उमंग हाभल र पइर चढी दंग’ योजनामा आकर्षक नगद छुट, १ वर्षको निःशुल्क सडक कर, निःशुल्क एक्सेसरिज, सहज फाइनान्सको सुविधा र

गाडी आयात घटाउने उपाय

कोरोनाले अर्थतन्त्रका सबैजसो क्षेत्र शिथिल बने पनि गत आर्थिक वर्षमा निजी सवारीसाधनको आयात ७० प्रतिशतले बढ्यो भने सार्वजनिक यातायातको प्रयोजनका लागि भित्रिने गाडी भने यो भन्दा पनि बढी प्रतिशतले घट्यो । सरकारले गाडी आयात कम गर्न यसलाई विलासिताका वस्तुभित्र राखेर ज्यादै उच्च दरको कर लगाएको छ जुन सामान्यतया अरू देशमा लगाएको पाइँदैन । २५० प्रतिशतसम्मको कर लगाए पनि निजी प्रयोजनका लागि भित्रिने गाडीको संख्या किन बढिरहेको छ त ? सार्वजनिक यातायात सहज हुनेबित्तिकै निजी गाडीको आयात कम हुन्छ । बढ्दो व्यापारघाटा र विदेशी विनिमय सञ्चितिमा परेको दबाब कम गर्न पनि यस्तो नीति आवश्यक देखिन्छ । अर्थतन्त्र सकारात्मक हुँदै जाँदा सवारीसाधनको आयात र विक्री बढ्नु स्वाभाविकै हो । त्यसमाथि पनि मुलुकका अत्यधिक ठाउँ सडक सञ्जालले जोडिँदै गएपछि निजी सवारीसाधनको माग बढ्नु अन्यथा होइन । त्यसमा पनि विकासोन्मुख मुलुकहरूमा निजी सवारीसाधन इज्जतको पर्यायका रूपमा लिने गरिन्छ जसले गर्दा मानिसहरू ऋणधन गरेर पनि गाडी जोड्नुलाई सफलता ठान्छन् । नेपालमा यी सबै तथ्यका बीच सार्वजनिक यातायातका बेथितिका कारण पनि मानिसहरू निजी सवारीसाधन खरीद गर्न बाध्य बनेको पाइन्छ । विश्वका अन्य देशमा भन्दा नेपालमा गाडी खरीद गर्नु निकै महँगो छ । सवारीसाधन आयातमा मात्र होइन सडक कर, प्रदूषण कर आदि गरेर वार्षिक कर नै अत्यधिक तिर्नुपर्छ जुन अन्य देशमा ज्यादै कम छ वा तिर्नै पर्दैन । यस्तो महँगो हुँदाहुँदै पनि निजी सवारीसाधनको आयात बढ्नुमा सरकारी नीति नै दोषी देखिन्छन् । कोरोना महामारीको समयमा सार्वजनिक यातायात जोखिमपूर्ण भएकाले मध्यम वर्गले दुईपांग्रे वा चारपांग्रे सस्ता गाडी निकै खरीद गरेको पाइन्छ । गतवर्ष नाडाले उपलब्ध गराएको तथ्यांकले यही बताउँछ । कोरोना नियन्त्रणका लागि भनेर सरकारले लामो समयसम्म जोरबिजोर प्रणाली लागू गर्‍यो । यही कारण पनि दुईओटा सवारीसाधन किन्ने मानिसहरू देखिएका छन् । सार्वजनिक यातायातका लागि कोरोनाका यी २ वर्ष संकटका क्षण नै बनेका छन् । त्यसैले सार्वजनिक यातायातका लागि नयाँ सवारीसाधन आउने कुरा छैन । यस्तोमा सक्नेले साना गाडी किन्ने नै भए । विडम्बना के छ भने सरकारले साना गाडीलाई विलासिताका वस्तु भनेर व्यवहार गर्छ, थुप्रै कर लगाउँछ । तर पनि आयात बढिरहेको छ । यसको अर्थ सरकारको नीति गलत छ भन्ने हो । बढी कर लगाउ“दैमा कुनै वस्तुको आयात रोक्न सकि“दैन भन्ने पनि यसले देखाएको छ । गाडी आयात सम्बन्धमा सरकारको नीति पनि अन्तरविरोधी देखिन्छ । सरकार यसबाट प्राप्त राजस्वबाट खुशी देखिन्छ । गतवर्ष बन्दाबन्दीमा गाडी आयात कम हुँदा राजस्व घटेकाले सरकारले नै गाडी आयात गर्न सहजीकरण गरिदिएको थियो । गाडीलाई विलासिताका सामग्री मानेर टन्न कर लिने सरकारले आफू मातहतका कार्यालयहरूमा रहेका हुँदाखाँदाका राम्रा गाडी थन्क्याएर नयाँ गाडी किनिरहेको छ । जनतालाई गाडी महँगो पार्ने अनि जनताले तिरेको करबाट जथाभावी गाडी किन्ने सरकारको नीति नै उदेकलाग्दो देखिन्छ ।   अहिले पुराना गाडीलाई विद्युतीय बनाउने अवसर छ । केही लाख रुपैयाँ खर्च गर्ने हो भने सरकारले फालेका सयौं गाडी विद्युतीय बनाएर मजाले चलाउन सकिन्छ । त्यो पनि नेपालीहरू मिस्त्रीहरूबाट नै गराउन सकिन्छ । ती गाडी सरकाले लिलाम गरिदिए निजीक्षेत्रले किनेर प्रयोगमा ल्याउँथे । जसले गाडी आयातलाई केही मात्रामा घटाउनुका साथै विद्युतीय गाडीको संख्यासमेत बढाउँथ्यो । सार्वजनिक सवारी नियमित र व्यवस्थित नभएकाले नै निजी सवारीसाधन किन्नुपर्ने बाध्यता आइपरेको हो । तत्कालै सरकारले ठूला सार्वजनिक यातायातमा क्रान्तिकारी कदम ल्याउन सक्ने देखिँदैन । तर, विद्युतीय ट्याक्सी चलाउन दिने हो तथा टुटल पठाओजस्ता राइड शेयरिङ कम्पनीहरूलाई फस्टाउन दिने हो भने निजी सवारी किन्नेको संख्या राम्रै घटाउन सकिन्छ । सहज रूपमा ट्याक्सी पाउने मात्रै हो भने पनि लाखौं खर्च गरेर निजी सवारी किन्नेको संख्या कम हुन्छ । त्यसैले सार्वजनिक यातायात सहज हुनेबित्तिकै निजी गाडीको आयात कम हुन्छ । बढ्दो व्यापारघाटा र विदेशी विनिमय सञ्चितिमा परेको दबाब कम गर्न पनि यस्तो नीति आवश्यक देखिन्छ ।

४ लाखभन्दा कम डाउनपेमेन्टमा किन्न पाइन्छ अल्टो, १ लाख ६० हजारसम्म छुट

सुजुकीको इन्ट्री लेबल गाडी अल्टो ४ लाख रूपैयाँभन्दा थोरै डाउनपेमेन्ट गरेर किन्न पाउने अफर कम्पनीले कायम राखेको छ।

संसदमा प्रधानमन्त्रीलाई प्रश्न : कालोपत्रेमा गाडी गुडाउन कहिले पाइन्छ ?

नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले कालोपत्रेमा गाडी गुडाउन कहिले पाइन्छ भन्दै संसदमा प्रश्न गरेका छन्। नीति तथा कार्यक्रमको छलफलमा उठेका प्रश्नको जवाफमा जिज्ञासा राख्दै सिंहले हामी पानी जहाजमा पनि चड्न चाहेको र त्यो भन्दा पहिले कालोपत्रे सडकमा गाडी गुडाउन चाहेको बताए।