गुल्मीमा घरमा ठोकियो गाडी

गुल्मीमा घरमा गाडी ठोकिएको छ । शुक्रबार साँझ गुल्मीको  सदरमुकाम तम्घासस्थित खानीगाउँको  एक  घरमा गाडी ठोकिएको  हो  । जिल्ला  प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी माधव  राज  खरेलले  अनुसार घरमा गाडी ठोकिएको जानकारी गराए ।उनका अनुसार लु१ख ९४७३ नम्बरको बस घरमा ठोकिएको हो । दुर्घ घटनामा परि गाडी चालक कमल बुढा मगर, सहचालक विजय नेपाली घाइते भएका छन् ।  घाइते दुवैको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।    खानीगाउँ

सम्बन्धित सामग्री

गुल्मीमा भाडाका घरमा पाँच पालिका

गुल्मी । स्थानीय तह स्थापना भएको ६ वर्ष पुगिसक्दासमेत गुल्मीमा पाँच पालिका भाडाकै घरमा छन् । ६ वर्षको अवधिमा सात पालिका आफ्नै संरचनामा बसेका छन् भने पाँच पालिका भाडाको घरमा छन् । भाडामा बसेका संरचनाको वार्षिक भाडा मात्रै ३८ लाख ६८ हजारभन्दा बढी छ । कालिगण्डकी गाउँपालिका कार्यालय स्थापनाकालदेखि नै व्यक्तिको घरबाट सञ्चालन हुँदै आएको […] The post गुल्मीमा भाडाका घरमा पाँच पालिका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गुल्मीमा वृद्ध महिला आफ्नै घरमा मृत फेला

काठमाडौं, २९ कात्तिक । गुल्मीमा एक वृद्ध महिलाको शव फेला परेको छ । इस्मा गाउँपालिका–५ दरिङ ग्ङ्गाकी स्थानीय जीवकला थापा आफ्नै घरमा मृत फेला परेको प्रहरीले जनाएको छ । ७४ वर्षीया थापाको शव ताला लगाइएको घरभित्र भेटिएको हो । घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गुल्मीमा ७५ वर्षीय महिलाको शव फेला

२९ कात्तिक, गुल्मी । गुल्मीमा एक जना ज्येष्ठ नागरिकको शव फेला परेको छ । इस्मा गाउँपालिका-५ दरिङ गुङ्गा निवासी ७४ वर्षकी जीवकला थापा आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले बताए । ताला लगाइएको घरभित्र थापाको शव भेटिएको प्रहरीले बताएको छ । घटनाको अनुसन्धान सुरु गरिएको डिएसपी […]

गुल्मीमा विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा झण्डै ५५ लाखको क्षति

२७ असोज, गुल्मी । गुल्मीमा विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा झण्डै ५५ लाख रुपैयाँको क्षति भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–४ पनाहा नजिकै लालबहादुर दर्लामीको घरमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो । बुधबार साँझ ७ बजेको समयमा आगलागी हुँदा २ तले कच्ची घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । […]

गुल्मीमा ६ परिवारका २० जना विस्थापित

गुल्मी – बाढी तथा पहिरोका कारण गुल्मीमा शुक्रबार छ घर परिवारका २० जना व्यक्ति विस्थापित बनेका छन्। विस्थापितले यतिबेला आफन्त र छिमेकीको घरमा आश्रय लिन बाध्य छन् । पहिरोले उनीहरु सबैजनाको घर तथा गोठमा क्षति पु¥याएको छ। विस्थापित हुने परिवारमा गुल्मीदरबार र चन्द्रकोट गाउँपालिकाका बासिन्दा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। पहिरोका कारण गुल्मीदरबार […]

गुल्मीमा एम्बुलेन्समा आगजनी, घरमा आगलागी : स्थानीय त्रसित

गुल्मीस्थित मुसिकोट नगरपालिका–४ हलोगाडेका गुप्तबहादुर कार्कीको घरमा शुक्रबार राति अचानक आगलागी भयो । मानवीय क्षति नभए पनि उनको दुईतले घर पूर्ण रुपमा जल्यो । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आगलागीबाट...

गुल्मीमा एम्बुलेन्समा आगजनी, घरमा आगलागी : स्थानीय त्रसित

गुल्मीस्थित मुसिकोट नगरपालिका–४ हलोगाडेका गुप्तबहादुर कार्कीको घरमा शुक्रबार राति अचानक आगलागी भयो । मानवीय क्षति नभए पनि उनको दुईतले घर पूर्ण रुपमा जल्यो । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आगलागीबाट...

गुल्मीमा एक घरमा जलेर पूर्ण नष्ट

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाका घरमा गए राती आगलागी भएको छ । जिल्लाको मुसिकोट नगरपालिका– ४ हलोगाढे बारुखा हलोगाडेका शिक्षक गुप्तबहादुर कार्कीको घर जलेर पूर्णरुपमा नष्ट भएको हो । मुसिकोट माविका शिक्षक बाबुराम शर्माले गए राति नै प्रहरी आए पनि क्षतिको पूर्ण विवरण आई नसकेको बताए । उनका अनुसार करिब २० लाखभन्दा बढीको क्षति भएको […]

गुल्मीमा एक घरमा आगलागी

गुल्मीको मुसिकोट नगरपालिकाका घरमा गए राती आगलागी भएको छ ।  जिल्लाको मुसिकोट नगरपालिका– ४ हलोगाढे बारुखा हलोगाडेका शिक्षक गुप्तबहादुर कार्कीको घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।मुसिकोट माविका शिक्षक बाबुराम शर्माले गए राति नै प्रहरी आए पनि क्षतिको पूर्ण विवरण आई नसकेको बताए । उनका अनुसार करिब २० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले धनमाल क्षति भए पनि मानवीय र चौपायाको क्षति नभएको बताए ।

गुल्मीमा चट्याङ् लागेर एकको मृत्यु, आठ घाइते

गुल्मी । गुल्मीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका –४ दजाकोटकी १८ बर्षिय करिश्मा गाहाको चट्याङ् लागेपनि उपचारको क्रममा मृत्यु भएको हो । दजाकोटका उजिर गाहा र भिमश्री गाहाको घरमा बिहिबार राति चट्याङ परेको थियो । चट्याङ्ले अन्य आठजना घाइते भएका छन् । ६३ बर्षिया उजुर सिहं गाहा, ६२ बर्षिय तथिकला […] The post गुल्मीमा चट्याङ् लागेर एकको मृत्यु, आठ घाइते appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.