सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणामाथिको महाभियोग सिफारिस समितिका पूर्व सभापति रामबहादुर विष्टले महाभियोग निष्प्रभावी हुन नसक्ने बताएका छन् । संघीय संसद सचिवालयले बुधबार राणामाथिको महाभियोग निष्क्रिय भएको पत्र दिएपछि उनी सर्वोच्च छिर्ने तयारीमा रहेका बेला विष्टले यस्तो प्रतिक्रिया दिएका हुन् । विष्ट नेतृत्वको महाभियोग सिफारिस समितिले राणालाई महाभियोग लगाउनुपर्ने आधार सहितको प्रतिवेदन पूर्व सभामुख अग्नि सापकोटालाई पठाएको थियो । रातोपाटीसँग कुरा गर्दै विष्टले भने ‘हाम