आफूमाथि लागेका आरोपहरुको जवाफ दिन दोस्रो दिन बिहिबार महाभियोग सिफारिस समिति पुग्नुभएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोग प्रस्ताव गर्नेहरु नै महाभियोग समितिमा बस्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न गर्नुभएको छ । बुधबार गठबन्धन, न्यायाधीशहरु र बारप्रति आगो ओकल्नुभएका जबरा समितिमा प्रधानन्यायाधीश असक्षम र पूर्णतः विफल हुन पुगेको भन्ने आरोपको खण्डन गर्दै समितिमाथि नै प्रश्न उठाउनुभएको …