काठमाडौं : महाभियोग सिफारिस समितिले आज निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग बयान लिँदै छ। समितिको बैठक आज दिउँसो साढे १२ बजे बस्ने लागेको सिफारिस समितिका सदस्य लालबाबु पण्डितले जानकारी दिए। आजको बैठकमा पनि जबराविरुद्धको आरोपमाथिका प्रश्नको जवाफ माग्ने क्रम जारी रहने उनले बताए। समितिले अहिलेसम्म १२ वटा प्रश्न मात्रै सोधेको छ। जबराविरुद्ध ४२ वटा आरोप लागेको छ। ति सबै प्रश्नको जवाफ समितिले लिने जनाएको छ। तर जबरा भने प्रश्नको उत्तरमा भन्दा आफ्ना सहकर्मी न्यायाधीशहरु र रा
काठमाडौं, भदौ ११ । प्रतिनिधिसभा महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पदमा रहँदा गरेका कानुनविपरीत कार्यको प्रमाण मागेको छ। समितिले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरी तीन दिनभित्र प्रमाण, कागजात र जानकारी पठाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ। महाभियोग लगाइएको २१ आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी समितिमा उपलब्ध गराइदिन सरोकार राख्ने निकाय वा […]
प्रतिनिधिसभा बैठक: महाअभियोग सिफारिस समिति प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध परेको महाअभियोग प्रस्ताव सम्बन्धमा ’महाभियोग सिफारिस समिति’ गठन गरेको छ । प्रतिनिधिसभाको आजको बैठकले महाभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो । समितिमा संसद् अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल एमालेका पनि ४ प्रतिनिधि समेटिएका छन् । प्रधानन्यायाधीश जबराविरुद्ध फागुन १ मा महाभियोग प्रस्ताव […]
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराविरुद्धको महाभियोग प्रक्रियामा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पनि औपचारिक रूपमा सहभागी भएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकले एमाले सांसदलाई समावेश गर्दै ११ सदस्यीय ‘महाभियोग सिफारिस समिति’ गठन गरेको हो ।आइतबारकै बैठकले महाभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमतले स्वीकृत गरेसँगै नेकपा एमाले पनि यो प्रक्रियामा औपचारिक रूपमै सहभागी भएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले समग्र न्यायालय सुधारको प्रश्न जोडिएको महाभियोग प्रक्
प्रतिनिधिसभाको बैठक फागुन २९ गतेसम्म स्थगित भएको छ । आइतबारको बैठकबाट ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन भएसँगै बैठक एक साताका लागि स्थगित गरिएको हो ।सभामुख अग्नि प्रसाद सापकोटाले आजको बैठकबाट ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन भएको घोषणा गरेसँगै अर्को बैठक २०७८ फागुन २९ गते आइतबार दिनको १ बजेका लागि तय गरिएको जानकारी दिए । महाभियोग सिफारिस समिति सदस्यहरुमा एकवाल मियाँ, कल्याणी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद शाह, मिन बहादुर विश्वकर्मा, यशोदा गुरुङ, राम बहादुर बिष्ट, रेखा शर्मा, लालबा
काठमाडौं : प्रतिनिधिसभाको आइतबारको बैठकबाट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विरुद्धको महाभियोगमाथि छलफल सुरु हुने भएको छ। महाभियोगमाथि छलफलको लागि महाभियोग सिफारिस समिति गठन गर्ने तयारी गरेको हो। सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा महाभियोग सिफारिस समिति बनाउन दलहरु सहमत भएका हुन्। समितिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि प्रतिनिधि पठाउने भएको छ। ११ सदस्यीय हुने सिफारिस समितीले कम्तिमा ३ महिनाभित्र प्रतिवेदन बुझाउनुपर्नेछ। प्रधानन्या
प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध परेको महाअभियोग प्रस्ताव सम्बन्धमा 'महाभियोग सिफारिस समिति' गठन गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले महाभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमत स्वीकृत गरेको हो ।