प्रधानन्यायाधीश विरुद्धकाे महाभियोग सिफारिस समिति गठन गर्ने तयारी

काठमाडौं : प्रतिनिधिसभाको आइतबारको बैठकबाट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विरुद्धको महाभियोगमाथि छलफल सुरु हुने भएको छ। महाभियोगमाथि छलफलको लागि महाभियोग सिफारिस समिति गठन गर्ने तयारी गरेको हो। सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा महाभियोग सिफारिस समिति बनाउन दलहरु सहमत भएका हुन्। समितिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि प्रतिनिधि पठाउने भएको छ। ११ सदस्यीय हुने सिफारिस समितीले कम्तिमा ३ महिनाभित्र प्रतिवेदन बुझाउनुपर्नेछ। प्रधानन्या

सम्बन्धित सामग्री

निलम्बित प्रधानन्यायाधीश जबराको पूरक बयान सुरु

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पूरक बयान सुरु भएको छ। बयान दिन जबरा शुक्रबार बिहान ९ बजे महाभियोग सिफारिस समिति पुगेका हुन्। प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले भदौ १५ देखि बयान लिइरहेको हो। जबराविरुद्ध  सत्तारुढ दलका सांसदले फागुन १  गते महाभियोग दर्ता गराएका थिए। अनुसन्धान गर्न प्रतिनिधिसभाले ११ सदस्यीय समिति गठन गरिएलगत्तै जबरा निलम्बित भएका थिए। हालसम्मको बयानमा जबराले महाभियोग निस्कृय भइसकेको दाबी गरेका छन्। उनले राजनीतिक दलका नेत

पूर्व न्यायाधीश फोरमले चोलेन्द्रलाई दियो प्रमाण पेस गर्न चुनौती

पूर्व न्यायाधीश फोरम नेपालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग सिफारिस समिति समक्ष पूर्व न्यायाधीशहरूका बारेमा लगाएका आरोपको प्रमाण पेस गर्न चुनौती दिएको छ । फोरमका अध्यक्ष टोपबहादुर सिंहले बुधबार आयोजित पत्रकार सम्मेलनमा आफूहरुले निलम्बित प्रधानन्यायाधीश जबरासमक्ष कहिल्यै कुनै प्रकारको भागबण्डा वा कुनै प्रकारको स्वार्थ पूर्तिका लागि मागदाबी नगरेको जिकिर गर्दै जबराले महाभियोग सिफारिस समिति समक्ष बयानका क्रममा आफूहरुमाथि लगाइएको आरोप गलत र झुठा रहेको दाबी गरे ।उनले आफूहरुका

जबराको जवाफबारे यस्तो भन्छन् महाभियोग सिफारिस समिति सदस्यहरू

काठमाडौँ । महाभियोग सिफारिस समितिले सोधेको प्रश्नमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले व्याख्यात्मक शैलीमा जवाफ दिएको काँग्रेसका सांसद तथा समिति सदस्य मीन विश्वकर्माले बताएका छन् । समितिले बिहीबार सोधेको प्रश्नमा धेरै भूमिका बाँधेर‚ धेरै प्रक्रियाबाट गएको र घरीघरी समिति र संसद्‌लाई नै प्रश्न गर्दै व्याख्यात्मक शैलीमा जबराले जवाफ दिएको सांसद विश्वकर्माले बताए । बिहीबार निलम्बित प्रधानन्यायाधीशले […]

प्रमाण संकलन गर्दैं महाभियोग सिफारिस समिति

काठमाडौं, भदौ ११ । प्रतिनिधिसभा महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पदमा रहँदा गरेका कानुनविपरीत कार्यको प्रमाण मागेको छ। समितिले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरी तीन दिनभित्र प्रमाण, कागजात र जानकारी पठाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ। महाभियोग लगाइएको २१ आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी समितिमा उपलब्ध गराइदिन सरोकार राख्ने निकाय वा […]

प्रमाण संकलन गर्दैं महाभियोग सिफारिस समिति

प्रतिनिधिसभा महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पदमा रहँदा गरेका कानुनविपरीत कार्यको प्रमाण मागेको छ।...

नेपालमा आज : के-के भयो दिनभर ?

प्रतिनिधिसभा बैठक:  महाअभियोग सिफारिस समिति प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध परेको महाअभियोग प्रस्ताव सम्बन्धमा ’महाभियोग सिफारिस समिति’ गठन गरेको छ । प्रतिनिधिसभाको आजको बैठकले महाभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो । समितिमा संसद् अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल एमालेका पनि ४ प्रतिनिधि समेटिएका छन् । प्रधानन्यायाधीश जबराविरुद्ध फागुन १ मा महाभियोग प्रस्ताव […]

प्रधानन्यायाधीश राणाविरुद्धको महाभियोग प्रक्रियामा एमालेको ‘इन्ट्री’

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराविरुद्धको महाभियोग प्रक्रियामा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पनि औपचारिक रूपमा सहभागी भएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकले एमाले सांसदलाई समावेश गर्दै ११ सदस्यीय ‘महाभियोग सिफारिस समिति’ गठन गरेको हो ।आइतबारकै बैठकले महाभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमतले स्वीकृत गरेसँगै नेकपा एमाले पनि यो प्रक्रियामा औपचारिक रूपमै सहभागी भएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले समग्र न्यायालय सुधारको प्रश्न जोडिएको महाभियोग प्रक्

प्रतिनिधिसभा बैठक: ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन

प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध परेको महाअभियोग प्रस्ताव सम्बन्धमा 'महाभियोग सिफारिस समिति' गठन गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले महाभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमत स्वीकृत गरेको हो ।