भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ। ‘हावाबाट द्रुत गतिमा सर्न सक्ने’ बताइएको उक्त भेरियन्टलाई स्वास्थ्य अधिकारीहरूले बेलायती र भारतीय भेरियन्टको मिश्रण भनेका छन्। भियतनामका स्वास्थ्यमन्त्री गुयन थान लोंगले कोरोनाको उक्त भेरियन्ट निकै खतरनाक पाइएको बताए।भाइरसको प्रकृतिमा प्रशस्त फेरबदल देखिए पनि तीमध्ये कुनै कम संक्रामक हुन्छन् भने कुनै अधिक संक्रामक हुने गर्छन्। गएको एक वर्षमा कोरोना भाइरसका हजारौं म्युटेसन पत्ता लागिसकेको छ।‘भियतनाममा पत्ता लागेको भाइरसमा बेलायती