चीनले निकै द्रुत गतिमा आणविक हतियारहरू निर्माण गरेपछि अमेरिकाले चिन्ता व्यक्त गर्दै हतियार निर्माणको दौडले ल्याउने अस्थिरताका बारेमा बेइजिङलाई स्मरण गराएको छ ।
द वाशिङटन पोस्टले दिएको एक खबरअनुसार, चीनले पश्चिमी भागमा रहेको मरुभूमि क्षेत्रमा १०० वटा नयाँ मिसाइल सिलोहरूको निर्माण गरिरहेको छ ।
अमेरिकाको परराष्ट्र मन्त्रालयका प्रवक्ता नेड प्राइसले बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा यस विषयमा सोधिएको प्रश्नमा जवाफ दिएका छन् ।
‘यी समाचार तथा अन्य घटनाक्रमले चीनको आणविक हतियार कार्यक्रम तीव्र...