बाँकी योजना द्रुत गतिमा अघि बढाउने समझदारी

राष्ट्रिय योजना आयोग र चीन सरकारको नेसनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसन (एनडिआरसी) बीच सन् २०१८ र २०१९ मा भएका सम्झौता अनुसारका कार्यक्रमहरु मध्ये सम्पन्न हुन बाँकी योजनाहरुलाई द्रुत गतिमा अघि बढाउने समझदारी भएको छ । आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ र एनडिआरसीका उपाध्यक्ष छोङ्ग लियाङ्गबीच चीनको वेइजिङ्गस्थित एनडिआरसीको कार्यालयमा भएको भेटवार्तामा सो समझदारी भएको हो । […]