असोज महीनामा कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित तीनओटै फण्ड नोक्सानीमा

काठमाडौं  । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड,कुमारी धनवृद्धि योजना र कुमारी सुनौलो लगानी योजनाले असोज मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी तीनओटै फण्ड नोक्सानीमा रहेका हुन ।  कुमारी इक्वीटी फण्डले असोज मसान्तमा रू. ६ करोड ६ लाख नोक्सानी ब्यहोरेको छ । यस फण्ड भदौ मसान्तमा पनि रू. २ करोड ९५ लाख नोक्सानीमा थियो । त्यस्तै कुमारी धनवृद्धि योजना पनि असोज मसान्तमा रू. ६ करोड ९७ लाख नोक्सानीमा रहेको छ । सो अवधिमा कुमारी सुनौलो लगानी योजनाले रू. २ करोड ७ लाख नोक्सानीमा रहेको हो । यी तीन ओट फण्ड भदौ मसान्तमा पनि नोक्सानीमा थिए । असोज महीनामा फण्डहरुको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानीमा रहेका हुन ।  कुमारी इक्वीटी फण्डको न्याभ भदौ मसान्तमा ९ रुपैयाँ ७३ पैसा रहेकोमा असोज मसान्तमा ९ रुपैयाँ ४२ पैसामा झरेको छ । यस फण्डले असोज मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ६५ करोड ६४ लाख लगानी गरेको छ । यो लगानी भदौ मसान्तमा भने  रू.७० करोड १९ लाख थियो ।  कुमारी धनवृद्धि योजनाले असोज मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७६ करोड ८४ लाख लगानी गरेको छ । यो लगानी भदौ मुसान्तसम्मा भने रू. ७५ करोड ५४ लाख थियो । यस फण्डको न्याभ भदौको तुलनामा असोज महीनामा घटेको छ ।  भदौ मसान्तमा फण्डको न्याभ १० रुपैयाँ १९ पैसा रहेकोमा असोज मसान्तमा ९ रुपैयाँ ९५ पैसा कायम भएको हो ।  त्यस्तै कुमारी सुनौलो लगानी योजनाले असोज मसान्तसम्ममा सूचीकृत शेयरमा रू. २४ करोड १ लाख लगानी गरेको छ । यो लगानी भदौ मसान्तसम्ममा रू. २३ करोड २४ लाख थियो । यस फण्डको न्याभ असोज मसान्तसम्ममा  १० रुपैयाँ ०८ पैसा रहेको छ । भदौ मसान्तमा भने १० रुपैयाँ ४० पैसा थियो ।  कुमारी इक्वीटी फण्डको रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस  कुमारी सुनौलो लगानी योजनाको रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस  कुमारी धनवृद्धि योजनाको रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस 

सम्बन्धित सामग्री

सन्राइज फोकस्ड इक्विटीलाई धितोपत्रबोर्डद्वारा स्वीकृति

योजनाको आकारप्रति एकाइ मूल्य १० रूपैयाँकोे १२ करोड एकाइ गरी जम्मा १ अर्ब २० करोड रूपैयाँ रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो एक बन्दमुखी सामूहिक लगानी कोष योजना हो।...

सामूहिक लगानी कोष भनेको के हो ? यसमा लगानी गर्दा कति फाइदा हुन्छ ?

नेपाली पुँजी बजारमा रहेका विभिन्न वित्तीय औजारहरूमध्ये एक हो, सामूहिक लगानी कोष (म्युचुअल फण्ड) अन्तर्गत् सञ्चालित योजनाहरू । जसलाई एक उपयुक्त लगानी उपकरणको रूपमा प्रयोग गर्न सकिन्छ । सामूहिक लगानी कोष दक्ष तथा अनुभवी विशेषज्ञद्वारा सञ्चालन हुने र निकै सुरक्षित तथा लगानीमा हुने जोखिमलाई न्यूनीकरण गर्न सकिने हुनाले पनि पछिल्लो केही वर्ष यता नेपालमा पनि […]

एशियन लाईफको लाभांश पारित, एशियन क्यापिटलमा सामूहिक लगानी कोष सञ्चालन गर्ने

एशियन लाईफ इन्स्योरेन्सको तेह्रौं वार्षिक साधारणसभासम्पन्न भएको छ । संचालक समितिको तर्फबाट अध्यक्ष दिपक कुमार श्रेष्ठले पेश गरेको वार्षिक प्रतिवेदन साधारणसभाको बहुमतले अनुमोदन गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०७६/७७ सम्मको संचित नाफाबाट चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनश शेयर वितरण गर्ने र २ प्रतिशत नगद लाभांश (बोनश शेयरको कर प्रयोजनको लागी) वितरण गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको छ ।आर्थिक वर्ष ०७७/७८ को लागि लेखापरिक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखा परिक्षक एस ए आर एशोसियट्स, चार्टड एकाउन्टेन्ट सुनिल कुमार ढुंगेलको नियुक्ति र पारिश्रमिक अनुमोदन गरेको छ । एशियन लाईफ इन्स्योरेन्सको ५१ प्रतिशत स्वामित्व रहेको एशियन क्यापिटलमा सामूहिक लगानी कोष संचालन गर्न सम्बन्धित नियामक निकायबाट स्वीकृती लिन र कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव साधारण सभाकोे बहुमतबाट पारित भएको छ ।साधारण सभाले कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्तावलाई समेत पारित गरेको छ । २०६४ साल चैत्र २१ गतेदेखि कारोबार संचालन गरेको यस कम्पनीको २०७८ साल पौष मसान्त सम्ममा रु.३० अर्ब जीवन बीमा कोष र करिब रु. ३० अर्ब लगानी तथा कर्जा रहेकोे छ । त्यसैगरी कम्पनीले आ.व. २०७८/७९ को पौष मसान्तसम्ममा कूल रु. १ अर्ब ६ करोड २४ लाख प्रथम बीमाशुल्क र रु.३ अर्ब ४६ करोड ४२ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ ।कम्पनीले ४७ वटा शाखा तथा १०३ वटा उपशाखाहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकको आवश्यक्तालाई मध्यनजर गर्दै लघु म्यादी, म्यादी, सावधिक, आजीवन, अग्रीम भुक्तानी, सीमित भुक्तानी सावधिक, संयुक्त सावधिक सहित २६ वटा जीवन बीमा योजना प्रचलनमा ल्याएको छ ।

सेयर बजारमा दोहोरो अंकको सुधार

वाणिज्य बैंक र सामूहिक लगानी कोष मात्र नगन्य अंकले रातो रहे बाहेक अरु सबै समूह उकालो लागे ।

१४ ओटा सामूहिक लगानी कोष योजना सञ्चालनका लागि स्वीकृतिको पर्खाइमा

पुस २९, काठमाडौं । धितोपत्रमा लगानी गरी नाफा कमाउने उद्देश्यसहित थप १४ ओटा सामूहिक लगानी कोष योजना सञ्चालनको तयारीमा रहेका छन् ।  नेपाल धितोपत्र बोर्डमा दुई ओटा खुलामुखी र १२ ओटा बन्दमुखी सामूहिक लगानीकोष योजना सञ्चालनका लागि योजना व्यवस्थापक कम्पनीहरुले निवेदन दिएका हुन् । नेपालमा मर्चेण्ट बैंकरहरुले सामूहिक लगानीकोष योजनाहरु सञ्चालन गर्दै आएका छन् ।  बोर्डको वेबसाइटलाई आधारमान्दा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले खुलामुखी योजना सञ्चालनका लागि नियामक निकायसँग अनुमति मागेका छन् । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले नबिल फ्लेक्सी क्याप फण्ड नामक खुलामुखी योजना सञ्चालनको तयारी गरेको हो ।  उक्त योजना सञ्चालनका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङले रू. ७५ करोड बराबरको ७ करोड ५० लाख इकाई जारी गर्न लागेको हो । यस योजना सञ्चालनका लागि क्यापिटलले गत असार २७ गते नै निवेदन दिएको हो । हाल योजना सञ्चालन स्वीकृतिको प्रकृया प्रारम्भिक चरणमै रहेको देखिन्छ । लक्ष्मी क्यापिटलले सञ्चालनको तयारी गरेको शुभ लक्ष्मी कोष नामक खुला मुखी योजनका लागि भने रू. ५० करोड बराबरको ५ करोड इकाई विक्रीका लागि अनुमति मागिएको छ । खुलामुखी प्रकृतिको यस योजना सञ्चालनका लागि लक्ष्मी क्यापिटलले गत बैसाख ९ गते बोर्डमा निवेदन दिएको थियो । यस योजना सञ्चालनको स्वीकृति प्रकृया भने जवाफ र समीक्षाकै चरणमा रहको देखिन्छ । यी बाहेक एनआईसी एशिया क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्ड–२, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, कुमारी क्यापिटलले कुमारी धनवृद्धि योजना र कुमारी सुनौलो लगानी योजना, ग्लोबल आइएमई क्यापिटलले ग्लोबल आइएमई ब्यालेन्सड् फण्ड–१, एनएमबि क्यापिटले एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड–२, सानिमा क्यापिटलले सानिमा ग्रोथ फण्ड, सिद्धार्थ क्यापिटलले सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोड स्किम–३, प्रभु क्यापिटलले प्रभु स्मार्ट फण्ड, सिबिआइएल क्यापिटलले सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, सनराइज क्यापिटलले सनराइज फोकस्ड इक्वीटी फण्ड र एनआईबिएल एस क्यापिटलले एनआईबिएल ग्रोथ फण्ड नामक योजना सञ्चालन गर्न लागेका हुन् । असोजदेखि नै नियामक निकाय बोर्ड नेतृत्व बिहिन भएसँगै आईपीओ र सामूहिक लगानीकोष योजनाका लागि स्वीकृति दिने प्रकृयामा ढिलाई भइरहेको छ ।  अध्यक्ष पदपूर्तिका लागि आवेदन माग गरिएको छ । अझै बोर्डको अध्यक्ष पदपूर्तिका लागि केहि समय लाग्ने देखिन्छ । बोर्डको सञ्चालक समितिको निर्णयपछि मात्र काम कारवाही अघि बढाउनु पर्ने अवस्थाले पछिल्लो समय आईपीओ र सामूहिक लगानीकोष योजना सञ्चालनको अनुमति प्रकृया लम्बिएको जानकारी बोर्डले दिएको छ ।  हाल निमित्त अध्यक्षको जिम्मेवारी पाएका बोर्डका कार्यकारी निर्देशक निरज गिरीले यसअघि शर्त तोकेर स्वीकृति दिने व्यवस्था रहेकोमा हाल सञ्चालक समितिले शर्त पूरा गरेपछि मात्र स्वीकृति दिने व्यवस्था गरेको बताएका छन् । सोही व्यवस्थाका कारण पनि कतिपय कम्पनीको आईपीओ एवम् सामूहिक लगानीकोष योजना सञ्चालनको अनुमतिमा ढिलाई भएको जानकारी गिरीले दिए । स्वीकृतिको प्रारम्भिक चरणमा रहेका योजना :                                                                       स्रोतः नेपाल धितोपत्र बोर्ड

शेयर कारोबारमा दोहोरो अङ्कको सुधार

काठमाडौँ । दसैँ बिदा पछिको पहिलो दिन शेयर कारोबारमा दोहोरो अङ्कको सुधार आएको छ ।  डेढ अर्बमा सीमित भएको कारोबारमा नेप्से १७ अङ्कले उकालो लागेर २६ सय ५६ पुग्यो । सामूहिक लगानी कोष बाहेक अरू सबै समूहमा हरियाली छाएको छ ।  बिमा र होटेल तथा पर्यटन समूहमा सय अङ्क माथिको वृद्धि आउँदा अरू समूह पनि […]

म्युचुअल फन्डको ९० प्रतिशत रकम  सेयरबजारमा लगानी गर्नेछौँ

मेगा बैंक लिमिटेडले पहिलोपटक सामूहिक लगानी कोष सञ्चालन गर्ने भएको छ । प्रतिइकाइ १० रुपैयाँ मूल्य तोकिएको म्युचुअल फन्ड १० करोड इकाइमध्ये सर्वसाधारणका लागि ८ करोड ५० लाख इकाइ शुक्रबारबाट...

कुमारी इक्विटी फण्डको म्याद थपियो, २८ गतेसम्म आवेदन दिन सकिने

कुमारी क्यापिटलले बिक्री खुला गरेको सामूहिक लगानी कोष कुमारी इक्विटी फण्डमा आवेदन दिने म्याद थप भएको छ । क्यापिटलले १४ माघदेखि १८ फागुनसम्म आवेदन खुला गरेको थियो । तर, आज सार्वजनिक सूचना जारी गर्दै आवेदन दिने म्याद थप गरेर २८ फागुनसम्म पुर्‍याएको हो

के हो म्युचुअल फण्ड ? किन लगानी गर्ने ?

नेपाली पुँजी बजारमा रहेका विभिन्न वित्तीय औजारहरूमध्ये एक हो, सामूहिक लगानी कोष (म्युचुअल फण्ड) अन्तर्गत् सञ्चालित योजनाहरू । जसलाई एक उपयुक्त लगानी उपकरणको रूपमा प्रयोग गर्न सकिन्छ । सामूहिक लगानी कोष दक्ष तथा अनुभवी विशेषज्ञद्वारा सञ्चालन हुने र निकै सुरक्षित तथा लगानीमा हुने जोखिमलाई न्यूनीकरण गर्न सकिने हुनाले पनि पछिल्लो केही वर्ष यता नेपालमा पनि […]

३ अर्ब ७० करोडको सामूहिक लगानी कोष आउँदै

नेपाल धितोपत्र बोर्डमा ३ अर्ब ७० करोड रुपैयाँबराबरको सामूहिक लगानी कोष योजना सञ्चालनको अनुमति माग्दै आवेदन दिएका छन् । नेपाल धितोपत्र बोर्डले ती सामूहिक लगानी कोषका योजना निष्कासनको लागि दिएको आवेदनलाई अध्ययन गरी उपयुक्त ठानेमा निष्कासन अनुमति दिन सक्छ । ती सामूहिक लगानी कोष योजना सञ्चालनमा आएको खण्डमा सेयर बजारमा धितोपत्रको चाप लागि बढ्नेछ ।