काठमाडौं । कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड र कुमारी धनवृद्धि योजनाले साउन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार यी दुवै फण्डको न्याभ असार मसान्तको तुलनामा साउन मसान्तमा घटेको छ । कुमारी धनवृद्धि योजनाको न्याभ असार मसान्तमा ११ रुपैयाँ १२ पैसा रहेकोमा साउन मसान्तमा घटेर १० रुपैयाँ ८७ पैसामा झरेको हो ।
त्यस्तै कुमारी इक्वीटी फण्टको न्याभ असार मसान्तमा ११ रुपैयाँ ३ पैसा रहेकोमा साउन मसान्तमा १० रुपैयाँ ८१ पैसमा कायम भएको छ । यस फण्डले असार मसान्तमा रू. ६ करोड ९१ लाख नाफा कमाएकोमा साउन मसान्तमा रू. २ करोड १७ लाख नोक्सानीमा गएको हो ।
साउन मसान्तमा यस फण्डको जम्मा आम्दानी रू. १ करोड ९८ लाख ऋणात्मक रहेको छ । सोही कारण फण्ड नोक्सानीमा रहेको हो । यस फण्डले साउन मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७१ करोड ३४ लाख लगानी गरेको छ ।
कुमारी धनवृद्धि योजना पनि साउन मसान्तसम्ममा रू. २ करोड ७९ लाख नोक्सानीमा रहेको छ । यस फण्ड असार मसान्तसम्ममा भने रू. १३ करोड ९८ लाख नाफामा थियो । साउन महीनामा फण्डको जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानीमा रहेको हो । यस फण्डले साउन मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७६ करोड ३ लाख लगानी गरेको छ ।
कुमारी धनवृद्धि योजनाको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस
कुमारी इक्वीटी फण्डको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस