उद्यमशीलता प्रबर्द्धनका लागि नेपाल र भारतका युवा उद्यमीबीच सहकार्य

युवा उद्यमशीलता प्रबर्द्धनका लागि नेपालका युवा उद्यमी र भारतीय युवा उद्यमी मञ्चबीच सहकार्य गर्ने समझदारी भएको छ ।  नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च र फेडेरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्री युवा नेतृत्व मञ्च बीच युवा उद्यमीको नवीन सोच प्रवर्द्धन, प्रोत्साहन एवम् उद्यमशीलता विकासमा सहकार्य गर्ने समझदारी भएको हो ।

सम्बन्धित सामग्री

भारतीय सहयोगमा रुपन्देही र कपिलवस्तुमा विद्यालय भवन निर्माण

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको सहयोगमा रुपन्देही र कपिलवस्तुमा विद्यालय भवन निर्माण भएका छन् ।  उपराष्ट्रपति रामसहायप्रसाद यादवले रुपन्देहीमा एक करोड २५ लाख रुपैयाँ सहयोगमा निर्माण भएको रोहिणी गाउँपालिका–२, भटपुरवास्थित...

नेपाल–भारत कृषि सहकार्य सम्झौता पुनः नवीकरण हुने

१७ जेठ, काठमाडौं । नेपाल र भारत बीच कृषि क्षेत्र सहकार्य सम्झौता पुनः नवीकरण हुने भएको छ । बुधबारदेखि सुरु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा दुई देशबीच यस्तो सम्झौता हुने भएको हो …

‘नेपाली संस्कृति र विकासको क्षेत्रमा नेपाल–भारत सहकार्य उदाहरणीय’

राष्ट्रिय एकता अभियानले आईतवार काठमाण्डौंमा ‘नेपाली संस्कृति र विकास क्षेत्रमा नेपाल–भारत सहकार्य’ विषयक विचार गोष्ठी सम्पन्न गरेको छ। अभियानका अध्यक्ष विनय यादवको अध्यक्षता तथा अभियानका संरक्षक मण्डलका सदस्य एवम् नोवेल मेडिकल कालेजका ...

भारतीय दूतावास र युवा उद्यमी मञ्चबीच सहकार्य

काठमाडौं । नेपाल र भारतका स्टार्टअपहरूलाई एकै ठाउँमा ल्याएर सञ्चालन गर्न भारतीय दूतावास र नेपाल उद्योग परिसंघअन्तर्गतको युवा उद्यमी मञ्चबीच सहकार्य हुने भएको छ । दूतावास र मञ्चले मंगलवार ‘भारत–नेपाल स्टार्टअप कनेक्ट’को आयोजना गर्दै सहकार्य गर्ने जानकारी गराएका हुन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको आतिथ्यमा भएको कार्यक्रममा नेपाल र भारतका स्टार्टअपहरूबीच सम्पर्क विस्तार गर्नेबारे छलफल गरिएको थियो । भारतीय स्वतन्त्रताको ७५ वर्ष र नेपाल–भारत कूटनीति सम्बन्ध स्थापना भएको ७५ वर्षको अवसरमा सो कार्यक्रमको आयोजना गरिएको थियो । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले लिएको जी–ट्वेन्टीको अध्यक्षता र ‘जी–ट्वेन्टी फाइनान्स ट्र्याक’मा नेपालको सहभागिताबारे चर्चा गरे । कार्यक्रममा गभर्नर अधिकारीले डिजिटल नेपालको विषयमा आफ्ना धारणा राख्दै आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन वर्षको रूपमा मनाउने तयारी गरिएको बताए । अन्तरदेशीय भुक्तानी कारोबार तथा क्यूआर भुक्तानी कारोबारलाई वित्तीय सहकार्य क्षेत्रको रूपमा पहिचान गर्दै नेपाल–भारत वित्तीय तथा प्रविधिको क्षेत्रमा थप सहकार्य गर्नुपर्नेमा उनले जोड दिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतमले ‘नेपालमा स्टार्टअप अवसरहरू’ विषयमा आफ्ना धारणा राखे । स्टार्टअप इन्डियाका अनुभव कुमार दासले ‘स्टार्टअप इन्डिया स्किम’ विषयमा प्रस्तुति दिएका थिए । दुईपक्षीय छलफल नेपाल र भारतबीच ई–कमर्श तथा फिनटेक क्षेत्रका अवसरबारे केन्द्रित रहेको बताइएको छ ।

भारतको सहयोगमा मधेसमा एल.पी. ग्यास र चुल्हो वितरण

नेपाल–भारत महिला मैत्री समाजले भारत सरकारको आर्थिक सहयोगमा मधेस प्रदेशका विभिन्न जिल्लामा एल.पी ग्यास चुल्हो, ग्यास सिलिण्डर लगायतका सामग्री वितरण गर्ने भएको छ ।अन्त्राष्ट्रिय महिलादिवसको उपलक्ष्यमा नेपालस्थित भारतीय राजदूतावास र नेपाल–भारत महिला मैत्री समाजबीच सो वितरणका लागि भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मधेस प्रदेशका सर्लाही, रौतहट र सप्तरी जिल्लाका पिछडिएका घरपरिवारलाई सो सामाग्री वितरण गरिने समाजका अध्यक्ष चन्दा चौधरीले जानक

ऊर्जा क्षेत्र सहकार्य सम्बन्धी नेपाल-भारत संयुक्त संचालक समितिको बैठक सम्पन्न

न्युज अप नेपाल, काठमाडौं । भारत र नेपालले द्विपक्षीय ऊर्जा क्षेत्र सहकार्यबारे सह–सचिव स्तरीय संयुक्त कार्यदल तथा सचिव स्तरीय संयुक्त संचालक समितिको ९ औं बैठक सम्पन्न भएको छ । बैठक फाल्गुन ११ र १२ गते काठमाडौंमा आयोजना भएको हो । दुई संयन्त्रले ऊर्जा क्षेत्रमा द्विपक्षीय सहकार्यलाई सहयोग गर्न आवश्यक ढाँचा उपलब्ध गराउने गरेका छन् । […]

नेपाल र भारतका आइसिटी कम्पनीहरूबीच सम्झौता

काठमाडौं : नेपाल–भारत चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीको पहलमा नेपाल र भारतका आइसिटी कम्पनीहरुबीच सहकार्य गर्ने सम्झौता भएको छ।बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच आइसिटी डोमेनमा प्रशिक्षण र विकासका लागि नेपाल र भारतका चार कम्पनीहरुबीच सम्झौता भएको हो।नेपालका आइडिया कन्सल्टिङ् प्रालि, काठमाडौं इन्स्टिच्युट अफ टेक्नोलोजिज प्रालि, टिम भर्टेक्स बिजनेस सर्भिस नेपाल र भारतको भर्टेक्स ग्लोबल सर्भिसबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।हस्ताक्षर कार्यक्रममा नेपाल भारत चेम्बर अफ कमर्स एण्ड इन्डष्

बीबीआइएनमा अडेर सहकार्य गर्दै नेपाल र बंगलादेश

नेपाल र बंगलादेशको कूटनीतिक संयन्त्रले नेपाल, बंगलादेश, भारत र भुटान (बीबीआईएन) उपक्षेत्रीय सञ्जाल फ्रेममा रहेर दुईपक्षीय विषयलाई अघि बढाउने सहमति गरेका छन् ।