भारतीय सहयोगमा रुपन्देही र कपिलवस्तुमा विद्यालय भवन निर्माण
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको सहयोगमा रुपन्देही र कपिलवस्तुमा विद्यालय भवन निर्माण भएका छन् ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले रुपन्देहीमा एक करोड २५ लाख रुपैयाँ सहयोगमा निर्माण भएको रोहिणी गाउँपालिका–२, भटपुरवास्थित...
म्याग्दी, फागुन १० । पश्चिम म्याग्दीको मालिका गाउँपालिका-५ पन्थोकमा भीम माध्यमिक विद्यालयको १० कोठे भवन निर्माण भएको छ । गैरसरकारी संस्था पाहार ट्रष्ट नेपाल पोखराको ५०, गाउँपालिकाको ४० र स्थानीयबासीको १० प्रतिशत आर्थिक साझेदारीमा निर्माण भएको उक्त भवनको बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच पाहार ट्रष्ट युकेका प्रेसिडेन्ट हवार्ड ग्रिन (एमबीई) र मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद […]
दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–७ स्थित हुनैनाथ माध्यमिक विद्यालय देवथलीको भवन निर्माण लामो समयदेखि अधुरै रहेको छ । शैल्यशिखर नगरपालिकाले २०७७ सालमा विद्यालय भवन निर्माणका लागि बजेट विनियोजन गरेको थियो । बजेट विनियोजनपछि भवन निर्माण अघि बढाइएको थियो । भवन निर्माण अधुरै रहेको स्थानीय गणेशदत्त जोशीले बताए । नगरपालिकाले विद्यालय भवन निर्माणका लागि रू. ६ लाख ५० हजार विनियोजन गरेको थियो । बजेट अभावले भवन निर्माण अधुरै रहेको प्रधानाध्यापक नवराज जोशीले बताए ।
‘बजेट अभाव भयो, बाँकी काम अघि बढ्न सकेन,’ उनले भने । विद्यालय व्यवस्थापन समितिमार्फत भवन निर्माण गर्ने सम्झौता भएको थियो । भवन निर्माण गर्न नगरपालिकाले थप बजेटको व्यवस्था नगरेपछि बाँकी काम अधुरै रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करवीर जोशीले बताए ।
विसं २०४० मा स्थापनमा भएको उक्त विद्यालयमा हाल कक्षा १० सम्मको पठनपाठन हुँदै आएको छ । हाल यहाँ दुई सय १५ विद्यार्थी अध्ययनरत छन् । भवन निर्माण अधुरै रहेकाले कोठा अपुग भएपछि हाल एउटै कोठामा दुईओटा कक्षाको पठनपाठन गर्नुपरेको प्रधानाध्यापक जोशीले बताए । स्थानीय तहसँग बजेटका लागि पटक पटक माग गर्दा पनि बजेट उपलब्ध हुन नसकेको उनको भनाइ छ । रासस
नेपाली सेनाले झापा गाउँपालिका वडा नं ७ मदरगाछस्थित जनकल्याण माध्यमिक विद्यालयको भवन निर्माण गरेर हस्तान्तरण गरेको छ । सेना र नागरिक सम्बन्ध विस्तार योजनाअन्तर्गत निर्माण गरिएको उक्त भवन नेपाली सेनाका पूर्वी पृतनापति सहदेव खड्काले विद्यालयका प्रधानाध्यापक पदमप्रसाद अधिकारीलाई हालै हस्तान्तरण गरे । सो अवसरमा पृतनापति खड्काले सेना र जनताबीचको सम्बन्धलाई अझ बलियो बनाउन विद्यालय भवन निर्माण गरिएको बताए ।सभाकक्ष, कक्षाकोठा र शौचालयसहितको भवन निर्माणका लागि रु ३५ लाख बजेट उपलब्ध गराए पनि रु ३२ लाख १८ ह
राँझा । बाँकेको खजुरा गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन भौतिक पूर्वाधारमा जोड दिएको छ । गाउँपालिकामा जनप्रतिनिधि आएपछि शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिएका कारण विद्यालयका संरचना तयार भएको गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले जानकारी दिए । उनका अनुसार बितेको पाँच वर्षमा खजुरा गाउँपालिकामा ५३ विद्यालय भवन बनेका छन् । गाउँपालिकाले सङ्घ र […]
भारत सरकारको अनुदान सहयोगमा ताप्लेजुङको सिनामस्थिते श्री सिनाम उच्च माध्यमिक विद्यालय भवन निर्माण भएको छ । सोमवार पूर्वमन्त्री एवं एमाले नेता योगेश भट्टराईले विद्यालय भवन उद्घाटन गरेका छन् । उद्घाटन...
जुम्ला-एक पालिका एक पक्की विद्यालय भवन निर्माण गर्ने कार्यक्रमअनुसार चालू आवमा जुम्लामा साढे तीन करोड लगानीमा आठवटा पक्की विद्यालय भवन निर्माण हुने भएका छन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको लगानीमा सामाजिक विकास कार्यालय जुम्लामार्फत आठवटा पक्की विद्यालय भवन निर्माण हुन थालेका हुन् ।बढ्दो विद्यार्थीको चाप र भौतिक संरचना अभावले पठन पाठनमा समस्या भएका […]
गलकोट । ब्रिटिस गोर्खा वेलफेयर ट्रस्टको सहयोगमा निसिखोलामा १३ कोठे विद्यालय भवन निर्माण गरिएको छ । बागलुङको निसीखोला गाउँपालिका–३ झिवाखोलास्थित प्रभा माध्यमिक विद्यालयमा वेलफेयरले १३ कोठे भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको छ । बेलायती नागरिक रव अबरेन्ट्रीकोे आर्थिक सहयोगमा ब्रिटिस गोर्खा वेलफेयर ट्रस्टले उक्त विद्यालय भवन निर्माण गरेको हो । दातृ संस्था गोर्खा वेलफेयर […]
भारत सरकारको एक करोड २७ लाख आर्थिक सहयोगमा दार्चुलाको खलंगा, तिंकरमा श्रीमती महिला संघ प्राथमिक विद्यालय भवन निर्माण भएको छ । विद्यालय भवनको मंसिर १२ गते भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्यसी खम्पा, जिल्ला समन्वय सिमिति, दार्चुला, विद्यालय व्यवस्थापन समिति र स्थानीय प्रतिनिधिले संयुक्त रूपमा उद्घाटन गरे । सन् १९६० मा स्थापना भएको यस विद्यालयले लामो […]