काठमाडौँमा लघुवित्त पीडितको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – लघुवित्त पीडितहरुले लघुवित्त संस्थाहरुलाई कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन गरेका छन्। उनीहरुले विभिन्न माग राखेर आइतबार माइतीघर मण्डलादेखि भद्रकालीसम्म र्‍याली निकाल्दै विरोध प्रदर्शन गरेका हुन्। लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिको आयोजनामा प्रदर्शन गरिएको हो। उनीहरुले लघुवित्त संस्थाहरु खारेज गर्नुपर्ने, लघुवित्तहरुले लगाएको ऋण मिनाह गर्नुपर्ने, गरिब किसानहरुलाई निःशुल्क प्रदान गर्नुपर्नेलगायतका माग राखेका छन्। यसैबीच लघुवित्त […]

सम्बन्धित सामग्री

लघुवित्त पीडितको प्रदर्शनमा प्रहरीको अवरोध - NepaliPatra

काठमाडौँ। नयाँ बानेश्वरमा लघुवित्तीय संस्था पीडितहरूले प्रदर्शन गरेका छन्। काठमाडौँमा आए केही दिनदेखि न्याय मागीरहेका उनीहरु संसद भवन घेराउ गर्न भन्दै नयाँ बानेश्वार पुगेका हुन्। सुरक्षाकर्मीले नयाँ बानेश्वर चोक नपुग्दै रोकेपछि उनीहरूले त्यही प्रदर्शन गरेका छन्। निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ बढ्न थालेपछि प्रहरीले केही आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ।

लघुवित्तविरुद्ध आइतबार पनि काठमाडौँमा प्रदर्शन (फोटो फिचर)

काठमाडौँ- लघुवित्तीय संस्थाहरूले ज्यादती गरेको भन्दै पीडितहरूले आइतबार पनि काठमाडौँमा प्रदर्शन गरेका छन् । लघुवित्त वित्तीय संस्थाहरूले गरिब जनताहरूलाई पीडा दिँदा पनि राज्य मौन भएको भन्दै लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति, नेपालको अगुवाइमा काठमाडौँको माइतिघरदेखि भद्रकालीसम्म विरोध र्यालीसहितको प्रदर्शन गरेका हुन् । ...

लघुवित्त र मिटरब्याजी पीडितद्वारा काठमाडौँमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – लघुवित्त र मिटरब्याजी पीडितहरुले काठमाडौँमा आन्दोलन गरेका छन्। मंगलबार लघुवित्त वित्तीय संस्थाहरुको विरोधमा माइतीघर मण्डलामा भेला भएर पीडितहरुले विरोध प्रदर्शन गरेका हुन्। विभिन्न जिल्लाहरुबाट काठमाडौँ आएका उनीहरुले आज संयुक्त विरोध प्रदर्शन गरेका छन्। उनीहरुले ५५ भन्दा धेरै जिल्लाका लघुवित्त र मिटरब्याजी पीडितहरु भेला भइ संयुक्त आन्दोलन गरेको दाबी गरेका छन्। उनीहरुले लघुवित्त र […]

लघुवित्त संस्थाको खारेजीको माग गर्दै काठमाडौँमा प्रदर्शन

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले आफूविरुद्ध परेको उमेद्वारी दर्ताको उजुरीको जवाफ बुझाएका छन्।नेपाली सेनाले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भउको छ।माओवादीले काठमाडौं क्षेत्र नम्बर १० मा गठबन्धन तोडेको छ।कक्षा १२ को परीक्षा वैशाख दोस्रो हप्ता हुने परिक्षा बोर्डले जनाएको छ।लघुवित्त संस्थाको खारेजीको माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ।

लघुवित्त संस्थाहरूको खारेजीको माग गर्दै काठमाडाैँमा प्रदर्शन

काठमाडाैँ- लघुवित्त संस्थाहरूको खारेजीको माग गर्दै लघुवित्तिय संस्थाविरुद्धको संघर्ष समितिले मंगलबार काठमाडौँमा प्रदर्शन गरेकाे छ। लघुवित्तीय संस्थाले आर्थिक र समाजिक रूपान्तरणको नाममा जनतालाई शोषण गरेको भन्दै लघुवित्तिय संस्था खारेज गर्नुपर्ने उनीहरूको माग छ। संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले लघुवित्त संस्थाहरूले राष्ट्र बैंकको ’घ’ वर्ग भएको भन्दै नेपाली जनतालाई शोषण गर्न नपाउने बताए। उनले लघुवित्तिय संस्थाहरूले […]