मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त एक हुने

मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त एक आपसमा गाभिने भएका छन्। मानुषी लघुवित्तले शनिबार बनेपाको पुतलीघर रिसोर्टमा सम्पन्न विशेष साधारण सभामा गाभिने प्रस्ताव पारित गरेको हो। सभाले ७३ः१०० को अनुपातमा शेयर आदानप्रदान...

सम्बन्धित सामग्री

मानुषी र सिर्जनशील लघुवित्तबीच मर्जर सम्झौता

मानुषी लघुवित्त र सिर्जनशील लघुवित्तबीच मर्जर हुने भएको छ । समझदारीपत्रमा मानुषी लघुवित्तका तर्फबाट सञ्चालक समिति अध्यक्ष पद्मासना शाक्य तथा सिर्जनशील लघुवित्तका तर्फबाट सञ्चालक समिति अध्यक्ष राजकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । काभ्रेको...

मानुषी र श्रृजनशील लघुवित्त मर्जरमा जाने

३ चैत, काठमाडौं । मानुषी लघुवित्त र श्रृजनशील लघुवित्त संस्था मर्जरमा जाने भएका छन् । २ चैत बिहीबार दुई संस्था एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा मानुषी लघुवित्तका तर्फबाट सञ्चालक समिति अध्यक्ष पद्माशना शाक्य र श्रृजनशील लघुवित्तका तर्फबाट सञ्चालक समिति अध्यक्ष राजकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । काभ्रेको बनेपामा […]

मानुषी लघुवित्त ४४ लाख ६६ हजार नोक्सानीमा, अन्य सूचक कस्तो ?

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ४४ लाख ६६ हजार नोक्सानीमा छ । गत आवको दोस्रो त्रैमाससम्ममा भने कम्पनीले रू. १ करोड ५१ लख नाफा कमाएको थियो । चालू आवमा कम्पनीको निष्क्रिय कर्जा बढेकाले कम्पनी नोक्सानीमा गएको हो । गत आवमा कम्पनीको निष्क्रिय कर्जा ३ दशमलव ६९ प्रतिशत रहेकोमा चालू आवमा बढेर ६ दशमलव ५७ प्रतिशत वृद्धि भएको छ । त्यस्तै कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छुट्याएकाले नाफा प्रभावित भएको हो । कम्पनीले गत आवमा सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ८ लाख ९६ हजार छुट्याएकोमा चालू आवमा बढाएर रू. ७ करोड २४ लाख छुट्याएको छ । सोही कारण कम्पनीको सञ्चालन नाफा रू. ५ करोड ३० लाख ऋणात्मक रहेको हो । कम्पनीको चुक्तापूँजी रू. १० करोड ९३ लाख छ भने चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ७ करोड १५ लाख सञ्चित गरेको छ । त्यस्तै कम्पनीले रू. ५४ करोड ४७ लाख सापटी लिई रू. ८४ करोड ५८ लाख निक्षेप संकलन गरेर रू. १ अर्ब ५६ करोडभन्दा बढी कर्जा लगानी गरेको हो । कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी रू. ४ दशमलव ०८ ऋणात्मक छ । त्यसैगरी कम्पनीको तरलता अनुपात ४ दशमलव ६८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६५ दशमलव ४६ छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

मानुषी लघुवित्त र यूनाईटेड इन्सुरेन्समा कर्मचारी माग

माघ ६, काठमाडौ।  मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड तथा यूनाईटेड इन्सुरेन्सले विभिन्न पदमा कर्मचारि माग गरेका छन्। लघुवित्त कम्पनीले कनिष्ठ अधिकृत (शाखा प्रमुख) २, बरिष्ठ सायक (शाखा प्रमुख) ६ जना र  कनिष्ट सहायकमा ५ जना गरि जम्मा १३ जना कर्मचारी माग गरेको छ।  ईच्छुक उमेद्वारले १५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालयवा कम्पनीको ठेगानामा आवेदन दिन सकिने कम्पनीले बताएको छ। त्यस्तै यूनाईटेड इन्सुरेन्स कम्पनीले पनि सिनियर अफिसर  (डिपार्टमेन्टल हेड)  १ जना र केहि सिनियर अफिसर्सको माग गरेको छ । ईच्छुक उमेद्वारले ७ दिन भित्र कम्पनीको  ठेगानमा आवेदन दिन सक्नेछन्।

तेह्रथुम पावर र मानुषी लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट

आइतवार कारोबारको शुरूवाती समयमै तेह्रथुम पावर कम्पनी र मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  तेह्रथुम पावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९.९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४३९.४० रुपैयाँ पुगेको छ ।  यस्तै मानुषी लुघवित्त वित्तीय संस्थाको शेयर मूल्य ९२.८० रुपैयाँ बढ्दै (९.९९प्रतिशत) बढेर १ हजार २१.५० रुपैयाँ पुगेको छ ।

मानुषीको सेयर नेप्सेमा सूचीकृत, कतिमा होला सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ । कम्पनीको १० लाख ९३ हजार ७५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।सर्वसाधारणका लागि बिक्री खुलाएको ३ लाख ९५ हजार ७५० कित्ता र ७ लाख संस्थापक सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । आज सूचीकृत भएको कम्पनीको सेयर भोली सोमबारदेखि कारोबारमा आउनेछ ।कम्पनीको आईपीओको सुरुवाती कारोबार १३२.६९ रुपैयाँदेखि ३९८.०७ रुपैयाँमा हुने छ ।

मानुषी लघुवित्तको आइपिओ बाँडफाँड

मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआर्इ मर्चेन्ट क्यापिटलले सोमबार बिहान शेयर बाँडफाँड गरेको हो। कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्मको...

आजदेखि खुल्यो मानुषी हाइड्रोको आईपीओ

काठमाडौं।मानुषी लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले कम्पनीले सर्वसाधारणका लागि तीन लाख ९३ हजार ७५० कित्ता सेयर निष्कासन गरेको हो। जसको ०.५ प्रतिशत अर्थात पाँच हजार ४६९ कित्ता सेयर कर्मचारी र १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। बाँकी रहेको तीन लाख ६८ हजार ५९३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

मानुषी लघुवित्तको आईपीओ साउन अन्तिमदेखि

काठमाडौं। मानुषी लघुवित्त वित्तीय संस्थाले यही साउन महिनाको २७ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले तीन करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको तीन लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। जसमा सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँकी बसेको तीन लाख ६८ हजार ५९३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन भर्न पाउनेछन्।