गभर्नरविरुद्धको प्रदर्शनमा प्रहरी हस्तक्षेपपछि झडप [तस्बिरहरु]

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध आन्दोलित विद्यार्थी र प्रहरीबीच बालुवाटारमा झडप भएको छ । विवादित गभर्नर अधिकारीको राजीनामा माग गर्दै आइतबार बालुवाटारस्थित नेपाल रास्ट्र बैंकको गेटमा घेराउ गर्न पुगेका सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्र निकट नेविसंघ र अखिल (क्रान्तिकारी)का विद्यार्थीमाथि प्रहरीले हस्तक्षेप गरेको हो । उनीहरुले निषेधित क्षेत्र तोडेपछि सामान्य झडप भएको हो । त्यसक्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित सामग्री

पीडक डाक्टरलाई कारबाहीको माग गर्दा झडप‚ ५ सुरक्षाकर्मी घाइते

जनकपुरधाम : महोत्तरीको रामगोपालपुर नगरपालिका कार्यालयमा झडप भएको छ। निहारिका राजपूतसहितको समूहले महिला हिंसा गर्ने डाक्टरलाई कारबाहीको माग गर्दै नगरपालिकामा धर्ना दिएका वेला झडप भएको थियो।उनीहरू तोडफोडमा उत्रिँदा अवस्था नियन्त्रणमा लिने क्रममा झडप भएको र झडपमा तीन सुरक्षाकर्मी घाइते समेत भएको महोत्तरी प्रहरीले जानकारी दियो। महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीका अनुसार  निहारिका राजपूतलगायत प्रदर्शनमा उत्रिँदा झडप भएको हो।त्यस क्रममा नगरप्रहरी कृष्ण पण्डित, गंगाराम राय

इरानमा सुरक्षाकर्मी र विद्यार्थीबीच झडप : भिड तितरबितर पार्न प्रहरीले गोली चलायो

इरानमा हिजाबविरुद्ध चलिरहेको विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मी र विद्यार्थीबीच झडप भएको छ । प्रदर्शनमा उत्रिएका शरीफ विश्वविद्यालयका विद्यार्थी र प्रहरीबीच झडप भएको बीबीसी हिन्दीले जनाएको छ । भिडलाई तितरबितर पार्न सुरक्षाकर्मीले गोली चलाएको सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा देखिएको छ । प्रहरी हिरासतमा एक युवतीको ज्यान गएपछि इरानमा सरकार विरोधी प्रदर्शन सुरु भएको थियो । हिजाब कानुनको पालना नगरेको भन्दै २२ वर्षीया मेहसा अमिनीलाई प्रहरीले पक्राउ गरेको थियो । उनको हिरासतमै ज्यान गएको थियो । गैरसरकारी सं...

कीर्तिपुरमा प्रहरी र मिटरब्याजी पीडितबीच झडप

काठमाडौं । कीर्तिपुरमा प्रहरी र मिटरब्याजी पीडितबीच आज (सोमबार) झडप भएको छ । उनीहरुले कीर्तिपुरमा गरेको प्रदर्शनलाई प्रहरीले हस्तक्षेप गरेपछि प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो । मिटर ब्याजका कारण समस्यामा परेको भन्दै न्याय माग्न काठमाडौं आएर प्रदर्शन गरिरहेका पीडितहरू कीर्तिपुरमा बसेका थिए । प्रदर्शनमा सहभागी भएका करिब ६० जनालाई प्रहरीले पक्राउ गरेकाे हाे । […]

त्रिचन्द्र कलेजमा अनेरास्ववीयु र प्रहरीबीच झडप

त्रिचन्द्र कलेजमा नेकपा एमाले निकट अनेरास्ववीयु र प्रहरीबीच झडप भएको छ । अनेरास्ववीयुले सोमबार पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा पर्दशन गरेको थियो ।प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि दुई पक्षबीच झडप भएको हो । प्रदर्शन  दुई पक्षबाट कोही पनि घाइते नभएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पेट्रोल मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा काठमाडौँको त्रिचन्द्र कलेजअघि प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको विरोध प्रदर्शनको क्रममा झडप भएको हो । प्रहरीले प्रदर्शनकारीमाथि लाठी र अश्रुग्याँस प्रहार गरेको छ भने प्रदर्शनकारीले सवारी साधनहरूको तोडफोड गरेका छन् । सो क्रममा प्रहरी […]

प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त

काठमाडौं : एमसिसीविरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। एमसिसी संसद्‌मा पेश नगर्न दबाव दिँदै आएका सत्तारुढ माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)का भ्रातृ संगठनहरू सहितका प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले त्यसलाई रोक्न पानीको फोहोरा प्रहार गरेको थियो। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा केहीबेर सो क्षेत्र तनावग्रस्त बन्न गएको हो। अहिले पनि नयाँबानेश्वर–बबरमहल&ndas

सर्वोच्च परिसरमा प्रहरी र कानुन व्यवसायीबीच झडप

काठमाडौँ । सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्न खोज्ने कानुन व्यवसायी र प्रहरीबीच झडप भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै पुनः भौतिक उपस्थितिमा प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो । बार एशोसिएसनको भवनतर्फबाट सर्वोच्च प्रवेश गर्न खोज्दा प्रहरीले ढोकैमा रोकेको थियो । त्यसपछि कानुन व्यवसायीहरु मूल सडकमा निस्किएर सर्वोच्चको […]

धनगढीमा प्रधानमन्त्रीको पुत्ला जलाउन खोज्दा झडप

१९ माघ, धनगढी। पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियु र युवा संघले गरेको प्रदर्शनमा झडप भएको छ । धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडि युवाहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाउँदा प्रहरीले प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो। झडपका क्रममा प्रहरी र विद्यार्थीतर्फका गरेर ८ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका […]

रौतहटमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप

रौतहटको सदरमुकाम गौरमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको छ ।  झडपमा परेर आधा दर्जन जनमत पार्टीका कार्यकर्ता घाइते भएका छन । पूर्व निर्धारित कार्यक्रम अनुसार जनमत पार्टीका जिल्ला अध्यक्ष ललित मल्लिक सानुको नेतृत्वमा गएका कार्यकर्ताले गौर स्थित बिपी चौकमा मसाल जुलुस प्रदर्शन गर्न खोज्दा प्रहरीसँग झडप भएको थियो ।शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले लाठीचार्ज गर्दा आधा दर्जन कार्यकर्ता घाइते भएको अध्यक्ष सानुले बताए ।उता जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण प्रसाद चिमोरियाले नारा ज

एमसीसीविरुद्धको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप (तस्बिरहरु)

काठमाडौँ– एमसीसीकी उपाध्यक्ष फातिमा सुमार विभिन्न राजनीतिक दलका नेता तथा मन्त्रीहरुसँग भेटघाटमा व्यस्त रहेका बेला एमसीसीविरुद्धको विरोध चर्किँदै गएको छ। शनिबार दिउँसो पनि युवाहरुले राजधानीको नयाँ बानेश्वर क्षेत्रमा एमसीसीविरुद्ध प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ। प्रहरीले युवाहरुमाथि लाठी बर्साएको छ। प्रदर्शनमा सहभागी केही युवाहरुलाई प्रहरी नियन्त्रणमा समेत लिएको छ। प्रदर्शनमा […]