जनकपुरधाम : महोत्तरीको रामगोपालपुर नगरपालिका कार्यालयमा झडप भएको छ। निहारिका राजपूतसहितको समूहले महिला हिंसा गर्ने डाक्टरलाई कारबाहीको माग गर्दै नगरपालिकामा धर्ना दिएका वेला झडप भएको थियो।उनीहरू तोडफोडमा उत्रिँदा अवस्था नियन्त्रणमा लिने क्रममा झडप भएको र झडपमा तीन सुरक्षाकर्मी घाइते समेत भएको महोत्तरी प्रहरीले जानकारी दियो। महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीका अनुसार निहारिका राजपूतलगायत प्रदर्शनमा उत्रिँदा झडप भएको हो।त्यस क्रममा नगरप्रहरी कृष्ण पण्डित, गंगाराम राय