कीर्तिपुरमा प्रहरी र मिटरब्याजी पीडितबीच झडप

काठमाडौं । कीर्तिपुरमा प्रहरी र मिटरब्याजी पीडितबीच आज (सोमबार) झडप भएको छ । उनीहरुले कीर्तिपुरमा गरेको प्रदर्शनलाई प्रहरीले हस्तक्षेप गरेपछि प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो । मिटर ब्याजका कारण समस्यामा परेको भन्दै न्याय माग्न काठमाडौं आएर प्रदर्शन गरिरहेका पीडितहरू कीर्तिपुरमा बसेका थिए । प्रदर्शनमा सहभागी भएका करिब ६० जनालाई प्रहरीले पक्राउ गरेकाे हाे । […]