२३ फागुन, काठमाडौं । आगामी २८ फागुनदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएकाे छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिने छ । हात्तीपाइले रोग निवारणका लागि ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधि खुवाउन लागिएको महाशाखाका प्रमुख डा. चुम्बनलाल दासले जानकारी दिए […]