दाङ : दाङमा शनिबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने अभियान शुरु भएको छ।योसँगै जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने अभियान १२ औँ पटक हो। लगातार रूपमा ६ पटकसम्म औषधि खाएपछि यो रोगको न्यूनीकरण हुने भनिए पनि सबै बासिन्दाले नियमित औषधि नखाँदा यो समस्या आएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ।जिल्लामा यो रोगका सङ्क्रमितको यकिन तथ्यांक नभए पनि शुरुमा बेस लाइन सर्वे गर्दा शुरुमा २९.८ प्रतिशत अर्थात् करिब ६० हजार व्यक्तिमा यो रोगको संक्रमण भेटिएको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल च