काठमाडौं : फागुन २८ गतेबाट १० वटा जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासका अनुसार हात्तीपाइले रोग निवारणका लागि ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधि खुवाउन लागिएको छ।‘१० वटा जिल्लाका ६२ लाख ६३ हजार व्यक्तिलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाउने लक्ष्य लिइएको छ, जसमा ४७ हजार स्वास्थ्यकर्मी र ८ हजार ८ सय स्वास्थ्य स्वयंसेविका खटिनु हुनेछ’‚ हात