सरकारले हात्तीपाइले प्रभावित १० जिल्लामा हात्तीपाइले रोग औषधि खुवाउन सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार राष्ट्रिय आम औषधि सेवन झापा, मोरङ, बारा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा सुरु गरिएको छ ।७७ जिल्ला मध्ये हात्तीपाइले रोगबाट प्रभावित रहेका जिल्लामा शनिबार अर्थात्, हिजो देखि आम औषधि खुवाउन सुरु गरिएको हो । दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती महिला, सात दिनसम्मका सुत्केरी महिला र ओछ्यान परेमा सिकिस्त बिरामीहरू यो औषधि सेवन गर्न नहुने मन्त्