रसुवा – चिनियाँ लगानीमा स्तरोन्नति हुन लागेको स्याफ्रु–रसुवागढी सडकखण्डमा पर्ने बिजुलीको पोल सार्ने काम ८० प्रतिशत सकिएको छ ।
वि.स. २०७६ चैतदेखि पोल सार्ने काम सुरु भएको भए पनि कोरोना भाइरसको जोखिम, टेलिफोनको तार तथा फाइबर नेटवर्कको तार नसारिएको र तातोपानी क्षेत्रमा मुआब्जा वितरण नभएका कारण स्थानीयको अवरोध र भौगोलिक विकटता लगायतका कारण काममा ढिलाइ भएको हो ।
स्याफ्रु चौकीदेखि रोङ्गा पुल र रोङ्गा पुलदेखि लिङलिङसम्मको पोल सार्ने काम चलिरहेको छ । गएको पुस महिनाभित्र पोल सार्नुपर्ने काम सकाउनुपर्ने भए ...