नवलपुर- विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल खण्डको काम २३ प्रतिशतमात्रै पूरा भएको छ। गत असारमा सम्पन्न गर्नुपर्ने आयोजनाको काम ४८ महिना पूरा हुँदा पनि प्रगति न्यून छ। चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इञ्जीनियरिङ कर्पोरेसन लिमिटेड’का टिम लिडर क्वाङसिक पार्कका अनुसार कोभिड-१९, रुख कटान, बिजुलीका पोल, उपकरण परिचालनलगायतमा ढिलाइ हुँदा सडक विस्तारको काममा ढिलाइ […]