विस्तारका लागि पूर्वतयारी समयमै नगरिँदा राजधानीको चक्रपथ विस्तारको दोस्रो चरणको काममा ढिलाइ भएको छ । विस्तारका लागि बिजुलीका पोल सार्ने तथा सडक क्षेत्रमा परेका संरचना हटाउने कार्य सकिएको छैन । त्यसैगरी महाराजगञ्ज क्षेत्रमा गर्नुपर्ने जग्गा अधिग्रहण हुन नसक्दा चक्रपथ विस्तार हुन नसकेको हो ।