भन्सारको राजस्व भुक्तानी अब अनलाइनबाट

भन्सार कार्यालयहरुबाट संकलन गरिने सबै प्रकारका राजस्व अब अनलाइन प्रणालीमा आधारित हुने भएको छ ।

सम्बन्धित सामग्री

चितवनको खैरहनी नगरमा अनलाइन राजस्व भुक्तानी सेवा २० महीनापछि कार्यान्वयनमा

चितवन । जिल्लाको खैरहनी नगरपालिकाले अनलाइनमार्फत राजस्व भुक्तानी सेवा २० महीनापछि कार्यान्वयन गरेको छ ।  २०७८ पुस २६ गते अनलाइनमार्फत राजस्व भुक्तानी सेवाको शुभारम्भ गरिए पनि सफ्टवेयरमा समस्या हुँदा यो सेवा कार्यान्वयन हुन सकेको थिएन ।  हाल सिस्टमको विकास गरी यो सेवा कार्यान्वयनमा ल्याइएको नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश चौधरीले जानकारी दिए । बिहीवार नगर प्रमुख शशीकुमार खनियाँले कर तिरेपछि यो सेवा कार्यान्वयनमा आएको हो । यो सेवाको जानकारी गराउने र प्रचारप्रसार गर्ने उद्देश्यले बिहीवार जनप्रतिनिधि र कर्मचारीका लागि अभिमुखीकरण कार्यक्रमसमेत गरिएको छ ।  नगरपालिकाले यो सेवालाई प्रभावकारी बनाउन सवै वडामा शिविर सञ्चालन गर्ने प्रमुख खनियाँले प्रतिबद्धता जनाए । यो सेवामार्फत जुनसुकै ठाउँबाट पनि राजस्व भुक्तानी गर्न सकिनेछ । यसले समय र खर्चको बचत हुनुका साथै सहज र पारदर्शीसमेत हुने नगरप्रमुख खनियाँको भनाइ छ ।  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाले कर्मचारी थपेर व्ययभार बढाउनुभन्दा विद्युतीय माध्यमबाट गरिएको सेवा प्रवाह प्रभावकारी बन्ने बताए । यो सेवामार्फत बाहिरी जिल्लामा रहेका सेवाग्राहीलाई लाभ हुने उनको भनाइ छ ।  वेबसाइटमार्फत भुक्तानी भएपछि सेवाग्राहीको अद्यावधिक हुने र दोस्रो पटकदेखि मोबाइलबाटै राजस्व तिर्न सकिने नगरपालिकाले जनाएको छ ।  राजस्व बुझाएपछि यसको सन्देश इमेल र मोबाइलमा आउने छ । यो सेवा कार्यान्वयन भएसँगै करदाताले सम्पत्ति कर, मालपोत (भूमिकर), व्यवसाय कर, बहाल करलगायत कर, दस्तुर तथा सेवा शुल्क घरमै बसेर दाखिला गर्न सक्ने भएका छन् । साथै आफूले तिर्नुपर्ने करबारे जानकारीसमेत पाउन सक्नेछन् ।  करदाताले आफूसँग भएका विद्युतीय भुक्तानी प्रणाली (ई–सेवा, खल्ती, फोन पेलगायत)बाट राजस्व तिर्न सक्ने चौधरीले जानकारी दिए ।

वालेटबाट राजस्व तिर्दा अब अधिकतम १० रूपैयाँसम्म शुल्क लाग्ने

नेपाल राष्ट्र बैंकले वालेटबाट सरकारी राजस्व भुक्तानी गर्दा लाग्ने शुल्क घटाएको छ । भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशिका २०७९ जारी गर्दै राष्ट्र बैंकले वालेटबाट राजस्व भुक्तानी गर्दा अधिकतम १० रूपैयाँसम्म शुल्क लाग्ने व्यवस्था गरेको हो ।  सरकारको राजस्व व्यवस्थापन सूचना प्रणालीमा आवद्ध भएका भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेटबाट राजस्व भुक्तानी...

प्रधानमन्त्री देउवाद्वारा राजस्व भुक्तानी प्रणालीको शुभारम्भ

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुर महानगरमा ‘स्मार्ट राजस्व भुक्तानी प्रणाली’को शुभारम्भ गरेका छन् । महानगरको १०४औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले महानगरको ‘स्मार्ट सेवा’ अन्तर्गत ‘फोनपे’मार्फत राजस्व भुक्तानी प्रणालीको शुभारम्भ गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री देउवाले ऐतिहासिक, धार्मिक र सांस्कृतिक गरिमालाई चीरकालपर्यन्त जीवन्त राख्न जनप्रतिनिधिसहित सम्पूर्ण कर्मचारीको सामूहिक प्रतिबद्धता रहने विश्वास […]

दुई अर्बसम्मको राजस्व भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने

काठमाडौं । डिजिटल माध्यम प्रयोग गरी सरकारलाई दुई अर्ब रुपैयाँसम्मको राजस्व भुक्तानी गर्न सकिने भएको छ। नेपाल क्लियरिङ हाउसले सञ्चालन गर्दै आएको एनसीएचएल बैंक सेन्ट्रल तथा कर्पोरेट पे प्रणाली मार्फत गरिने सरकारी राजस्व भुक्तानी सम्बन्धी ‘अन अस’ (पठाउने र पाउने बैंक/वित्तीय संस्था एउटै रहेको खण्डमा) भुक्तानीको प्रतिकारोबार सीमा वृद्धि गरेको हो । विभिन्न सरकारी निकाय […]

अब डिजिटल माध्यमबाट २ अर्ब रुपैयाँसम्म राजस्व भुक्तानी गर्न सकिने

नेपाल क्लियरिङ्ग हाउसद्वारा सञ्चालित एनसीएचएल बैंक सेन्ट्रल तथा कर्पोरेटपे प्रणालीमार्फत गरिने सरकारी राजस्व भुक्तानी सम्बन्धी ‘वन–अस’ (पठाउने र पाउने बैंक /वित्तीय संस्था एउटै रहेको खण्डमा) भुक्तानीको प्रतिकारोबार सीमा वृद्धि गरिएको छ ।विभिन्न सरकारी निकाय तथा बैंक/वित्तीय संस्थाको समन्वय एवम् नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् कारोबार सीमा वृद्धि गरिएकोमा अब बैंक/वित्तीय संस्थाका ग्राहकहरूले सरकारी राजस्व भुक्तानी गर्दा एनसीएचएल बैंक सेन्ट्रलमार्फत ‘वन–अस’

खैरहनी नगरपालिकामा अनलाइनबाट राजस्व भुक्तानी सेवा सुरु

रत्ननगर । चितवनको खैरहनी नगरपालिकाले अनलाइनमार्फत राजस्व भुक्तानी सेवा सुरु गरेको छ । अनलाइनबाट राजस्व भुक्तानी सेवा सञ्चालनमा ल्याएसँगै जिल्लाका सात स्थानीय तहमध्ये अनलाइनमार्फत राजस्व तिर्न सक्ने सेवा उपलब्ध गराउने खैरहनी पहिलो स्थानीय तह समेत बनेको छ । अन्य पालिकामा विद्युतीय भुक्तानी प्रणाली सुरु भएको छैन । खैरहनी–११ का वडाध्यक्ष हाकिम सिंहले आफ्नो राजस्व तिरेर […]

अनलाइनबाटै अब भन्सारको भुक्तानी

अबदेखि अनलाइनबाटै भन्सारको राजस्व भुक्तानी गर्न सकिने भएको छ । भन्सार विभागले बिहीबारदेखि वीरगञ्जस्थित सुक्खा बन्दरगाह हुँदै हुने आयात निर्यातबापतको भन्सार शुल्क अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था गर्न लागेको हो । नेपाल राष्ट्र बैङ्कसमेतको लगानी गरेको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)मार्फत सेवाग्राहीले भन्सार राजस्व भुक्तानी गर्न सक्ने वीरगञ्जस्थित प्रमुख...

अनलाइनबाट नगरपालिकाको राजस्व भुक्तानी शुरु

जिल्लाको मध्यबिन्दु नगरपालिकाले अनलाइनमार्फत राजस्व भुक्तानी शुरु गरेको छ । मध्यविन्दु–१५ का देशबहादुर गुरुङको सम्पत्ति कर भुक्तानी गर्दै नगरपालिकाले अनलाइन राजस्व भुक्तानी शुरु गरेको हो । मध्यबिन्दु नगरपालिका प्रमुख चन्द्रबहादुर रानाले अब नगरवासीले सम्पत्ति तथा भूमी, व्यवसाय र घरबहाल कर भुक्तानीको लागि नगरपालिका वा सम्बन्धित वडा कार्यालय पुग्नु नपर्ने बताए ।विद्युतीय भुक्तानी शुरु भएपछि नगरपालिकाका स्थानीय करदाताहरूले घरमा नै बसेर अनलाइन मार्फत राजश्व भुक्तानी गर्न सक्ने नगरप्रमुख रानाले

यातायात सम्बन्धी राजस्व भुक्तानी कनेक्ट आईपीएसमार्फत अनलाइनबाटै

काठमाडौं  । बागमती प्रदेशका यातायात सम्बन्धी कर/राजस्वहरु विद्युतीय माध्यमबाट कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्न सकिने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत बागमती प्रदेशको यातायात सम्बन्धी लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्थाको थालनी बाग्मती प्रदेश सरकारले गरेको हो । अनलाइन व्यवस्थाको सुरुवात ८ साउन, २०७८ मा […]

वागमतीमा राजस्व भुक्तानी नियमावली

हेटौंडा, (नेस) । वागमती प्रदेश सरकारले विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवाप्रवाह तथा राजस्व भुक्तानी नियमावली, २०७८’ स्वीकृत गरेको छ । अपग्रेटेड भेहिकल रजिस्ट्रेसन सिस्टम (भीआरएस) सहितको ट्रान्सपोर्ट म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम विकास कार्यान्वयन स्वीकृत गरिएको छ । कर्मचारी व्यवस्थापन गरी केही हप्ताभित्र सेवाग्राहीले विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा र राजस्व भुक्तानी कार्यालयमा नपुगी लिन सक्नेछन् । […]