खैरहनी नगरपालिकामा अनलाइनबाट राजस्व भुक्तानी सेवा सुरु

रत्ननगर । चितवनको खैरहनी नगरपालिकाले अनलाइनमार्फत राजस्व भुक्तानी सेवा सुरु गरेको छ । अनलाइनबाट राजस्व भुक्तानी सेवा सञ्चालनमा ल्याएसँगै जिल्लाका सात स्थानीय तहमध्ये अनलाइनमार्फत राजस्व तिर्न सक्ने सेवा उपलब्ध गराउने खैरहनी पहिलो स्थानीय तह समेत बनेको छ । अन्य पालिकामा विद्युतीय भुक्तानी प्रणाली सुरु भएको छैन । खैरहनी–११ का वडाध्यक्ष हाकिम सिंहले आफ्नो राजस्व तिरेर […]

सम्बन्धित सामग्री

खैरहनी नगरपालिकाले शुरू गर्‍यो अनलाइन राजस्व भुक्तानी सेवा

चितवन (अस) । चितवनको खैरहनी नगरपालिकामा अनलाइन विद्युतीय प्रणालीबाट राजस्व तिर्न व्यवस्थाको शुरू भएको छ । यहाँका नगरवासीले अब घरमै बसेर राजस्व तिर्न पाउने सेवा नगरपालिकाले उपलब्ध गराएको हो । विद्युतीय भुक्तानीमार्फत राजस्व तिर्न सक्ने सेवा उपलब्ध गराउने जिल्लाका स्थानीय तहमध्ये खैरहनी पहिलो समेत बनेको हो । एक महानगरपालिका समेत रहेको चितवनमा सात पालिका छन् । अन्यमा यो सेवा हालसम्म शुरू भएको छैन । खैरहनी नगरपालिका सूचना तथा प्रविधि अधिकृत सुरेश चौधरीका अनुसार पहिलोपटक वेबसाइटमार्फत भुक्तानी भएपछि सेवाग्राहीको अद्यावधिक हुने र दोस्रो पटकदेखि मोबाइलबाटै राजस्व तिर्न सकिन्छ । सिफारिश बाहेकका राजस्व यो सेवामार्फत तिर्न सकिनेछ । राजस्व बुझाएपछि राजस्व तिरेको सन्देश ईमेल र मोबाइलमा आउने उनले जानकारी दिए । खैरहनी नगरपालिका मेयर लालमणि चौधरीले विद्युतीय भुक्तानीको शुभारम्भ गर्दै यो सेवालाई प्रचारप्रसार गरेर अभियानका रूपमा नगरवासीमा पुर्‍याउनुपर्ने बताए । मेयर चौधरीले विज्ञान र प्रविधिले मान्छेको जीवनलाई सहज बनाउने भन्दै नगरपालिकाको सेवा सुविधा र सुशासन कायम गर्न यो प्रविधिले मद्दत पुग्ने बताए । साथै, सेवाले शासन प्रणाली जनमुखी, सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बन्नुका साथै सार्वजनिक सेवालाई भरपर्दाे, सुलभ, गुणस्तरीय र पहुँचयोग्य बन्न सहयोग पुग्ने पनि मेयर चौधरीको भनाइ छ । खैरहनी–२ का वडाध्यक्ष एवं सार्वजनिक सेवा, सुशासन तथा क्षमता विकास समितिका संयोजक टीकादत्त इटनीको अध्यक्षतामा भएको सेवा शुभारम्भ कार्यक्रममा खैरहनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले राजस्व तिर्ने विषय महŒवपूर्ण भएकाले यो सेवाले नगरवासीलाई सहज हुने बताए । अहिले खैरहनीमा इलेक्ट्रोनिक सिस्टमबाट राजस्व तिर्ने व्यवस्था छ । केही दिनअघि मात्रै खैरहनी नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि आन्तरिक नियन्त्रण प्रणालीको समेत सेवा शुरू गरिसकेको छ । संघीय मन्त्रालयले गरेको स्वमूल्यांकन र सूचना प्रविधि लेखाजोखामा खैरहनी नगरपालिका जिल्लामा प्रथम भएको थियो ।

खैरहनी नगरपालिकाले शुरु गर्‍यो अनलाईन राजस्व भुक्तानी सेवा

पुस २५, चितवन । चितवनको खैरहनी नगरपालिकामा अनलाईन विद्युतीय प्रणालीबाट राजस्व तिर्न व्यवस्थाको शुरु भएको छ । यहाँका नगरवासीहरुले अब घरमै बसेर राजस्व तिर्न पाउने सेवा नगरपालिकाले उपलब्ध गराएको हो । विद्युतीय भुक्तानीमार्फत राजस्व तिर्न सक्ने सेवा उपलब्ध गराउने जिल्लाका स्थानीय तहमध्ये खैरहनी पहिलो समेत बनेको हो । एक महानगरपालिकासमेत रहेको चितनवनमा सात ओटा पालिका छन्, अन्यमा यो सेवा हालसम्म शुरु भएको छैन ।  खैरहनी नगरपालिका सूचना तथा प्रविधि अधिकृत सुरेश चौधरीका अनुसार पहिलोपटक वेबसाइटमार्फत भुक्तानी भएपछि सेवाग्राहीको अद्यावधिक हुने र दोस्रो पटकदेखि मोबाइलबाटै राजस्व तिर्न सकिन्छ । सिफारिसबाहेकका राजस्व यो सेवामार्फत तिर्न सकिनेछ । राजस्व बुझाएपछि राजस्व तिरेको सन्देश इमेल र मोबाइलमा आउने उनले जानकारी दिए ।  खैरहनी नगरपालिका मेयर लालमणि चौधरीले विद्युतीय भुक्तानीको शुभारम्भ गर्दै यो सेवालाई प्रचारप्रसार गरेर अभियानका रुपमा नगरवासीमा पुर्‍याउनु पर्ने बताए । मेयर चौधरीले विज्ञान र प्रविधिले मान्छेको जीवनलाई सहज बनाउने भन्दै नगरपालिकाको सेवा सुविधा र शुसासन कायम गर्न यो प्रविधिले मदत पुग्ने बताए ।  साथै, सेवाले शासन प्रणाली जनमुखी, सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बन्नुका साथै सार्वजनिक सेवालाई भरपर्दो, सुलभ, गुणस्तरीय र पहुँचयोग्य बन्न सहयोग पुग्ने पनि मेयर चौधरीकोे भनाइ छ  ।  खैरहनी–२ का वडाध्यक्ष एवम् सार्वजनिक सेवा, सुशासन तथा क्षमता विकास समितिका संयोजक टीकादत्त इटनीको अध्यक्षतामा भएको सेवा शुभारम्भ कार्यक्रममा खैरहनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले राजस्व तिर्ने विषय महत्वपूर्ण भएकाले यो सेवाले नगरवासीलाई सहज हुने बताए । अहिले खैरहनीमा इलेक्ट्रोनिक सिस्टमबाट राजस्व तिर्ने व्यवस्था छ । केही दिनअघि मात्रै खैरहनी नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि आन्तरिक नियन्त्रण प्रणालीको समेत सेवा शुरु गरिसकेको छ । संघीय मन्त्रालयले गरेको स्वः मूल्यांकन र सूचना प्रविधि लेखाजोखामा खैरहनी नगरपालिका जिल्लामा प्रथम भएको थियो ।