नेपाल क्लियरिङ्ग हाउसद्वारा सञ्चालित एनसीएचएल बैंक सेन्ट्रल तथा कर्पोरेटपे प्रणालीमार्फत गरिने सरकारी राजस्व भुक्तानी सम्बन्धी ‘वन–अस’ (पठाउने र पाउने बैंक /वित्तीय संस्था एउटै रहेको खण्डमा) भुक्तानीको प्रतिकारोबार सीमा वृद्धि गरिएको छ ।विभिन्न सरकारी निकाय तथा बैंक/वित्तीय संस्थाको समन्वय एवम् नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् कारोबार सीमा वृद्धि गरिएकोमा अब बैंक/वित्तीय संस्थाका ग्राहकहरूले सरकारी राजस्व भुक्तानी गर्दा एनसीएचएल बैंक सेन्ट्रलमार्फत ‘वन–अस’