विश्व बैङ्कले अन्तर्राष्ट्रिय विकास सङ्घ (आईडीए) बाट सहुलियतपूर्ण वित्तीय सहयोग प्राप्त गर्न श्रीलंका योग्य रहेको जनाएको छ । अति कमजोर आर्थिक अवस्थाको सामना गरिरहेको श्रीलंकाले अवलम्बन गरेका सुधारका कार्यक्रमलाई दृष्टिगत गरी विश्व बैङ्कले सहयोगको सूचीमा समावेश गरेको हो ।
देशको अर्थतन्त्रलाई स्थिर बनाउन तथा जीविकोपार्जनको रक्षाका लागि आईडीएको सहुलियतपूर्ण वित्तीय सहायता प्राप्तिमा श्रीलंकाको योग्यतालाई विश्व ब्यैङ्कले स्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
लामो समयदेखि श्रीलंका सरकारले अन्तर्राष्ट्रिय सहायताका लागि अन...