श्रीलंका कम योगफल जोगाउन सफल

एजेन्सी – श्रीलंकाले आइसिसी यू १९ विश्व कप क्रिकेटमा एक सय ३३ रनको योगफललाई पनि जोगाएको छ । दक्षिण अफ्रिकामा जारी विश्व कपमा लगातार दोस्रो खेल जित्ने क्रममा बुधबार नामिबियालाई ७७ रनले पराजित गरेको छ । एक सय ३४ रनको लक्ष्य पछ्याएको नामिबिया २७ ओभरमा ५६ रनमा अलआउट भएको थियो । टोलीका लागि पिटर डानियल […] The post श्रीलंका कम योगफल जोगाउन सफल first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

एसिया कप : पाकिस्तान र श्रीलंका फाइनलमा, भारत र अफगानिस्तान बाहिरिए

एसिया कप टी–२० क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो जित निकालेसँगै प्रतियोगिताको फाइनल समिकरण पूरा भएको छ।बुधबार सार्जाहमा अफगानिस्तानविरुद्धको शीर्ष चारको दोस्रो खेलमा पाकिस्तानले रोमाञ्चक रूपमा १ विकेटको जित निकाल्यो। पाकिस्तानको जितसँगै श्रीलंका पनि फाइनल प्रवेश गर्न सफल भयो। दुवैले शीर्ष चारमा समान २–२ जित निकाल्दै एक खेल अगावै फाइनलमा स्थान बनाए। अफगानिस्तान र भारत भने प्रतियोगिताबाट बाहिरिए।अब उपाधिका लागि पाकिस्तानले ११ सेप्टेम्बर मा श्रीलंकाको सामना गर्ने छ। टस हारेर पहिल

बंगलादेशलाई हराउँदै श्रीलंका एसियाकपको सेमिफाइनलमा

निर्णायक खेलमा बंगलादेशलाई २ विकेटले पराजित गर्दै श्रीलंका एसिया कप टी–२० क्रिकेटको सेमिफाइनलमा पुगेकोछ। बिहीबार भएको समूह बी दोस्रो तथा निर्णायक खेलमा बंगलादेशले दिएको हाइ स्कोरिङ लक्ष्य चेज गर्न श्रीलंका सफल रह्यो। पहिलो ब्याटिङ गरेको बंगलादेशले  श्रीलंका सामु १८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा श्रीलंकाले उक्त लक्ष्य चार बल बाँकी हुँदा आठ विकेट गुमाएर पूरा गर्‍यो। जितसँगै समूह बीबाट सेमिफाइनल पुग्ने दुवै टमको तय भइसकेको छ। अफगानिस्तान र श्रीलंकाले अन्तिम चारमा

श्रीलंकाले बंगलादेशलाई २ विकेटले हराउँदै एसियाकपको सेमिफाइनलमा

एजेन्सी । बंगलादेशलाई २ विकेटले पराजित गर्दै श्रीलंका एसिया कप टी-२० क्रिकेटको सेमिफाइनलमा पुगेको छ। बिहीबार भएको समूह बी दोस्रो तथा निर्णायक खेलमा बंगलादेशले दिएको हाइ स्कोरिङ लक्ष्य चेज गर्न श्रीलंका सफल भयो । पहिलो ब्याटिङ गरेको बंगलादेशले श्रीलंका सामु १८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा श्रीलंकाले उक्त लक्ष्य ४ बल बाँकी हुँदा आठ […]

नेपालले श्रीलंका नेभीसँग आज दोस्रो खेल खेल्दै

काठमाडौं : श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले आज दोस्रो अभ्यास खेल खेल्दैछ। पहिलो अभ्यास खेलमा श्रीलंका नेभीलाई ठूलो रन अन्तरले पराजित गर्न सफल नेपाली टिमले दोस्रो अभ्यास खेल पनि नेभीविरुद्ध नै खेल्न लागेको हो।हिजो भएको ५० ओभरको पहिलो अभ्यास खेलमा नेपालले नेभीलाई १११ रनले पराजित गरेको थियो। नेपालले दिएको २१५ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंका नेभी २८ दशमलब ५ ओभरमा अलआउट हुँदै १०३ रनमा सीमित भयो।श्रीलंका नेभीका लागि एम मधुशंकाले सर्वाधिक ३९ रनको योगदान गरे। नेपालका लागि कप्तान सन्दीप ल

उज्वेकिस्तानलाई हराउँदै नेपाल फाइनलमा

ढाका : एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ नेपाल  एक खेलअगावै फाइनलमा स्थान बनाउन सफल भएको छ।आइतबार भएको खेलमा उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल फाइनलमा पुग्न सफल भयो।अपराजित रहेको नेपालको चार खेलबाट ११ अंक बनाएर फाइनलमा पुग्दा अर्को टोलीको टुंगो भने श्रीलंका र उज्वेकिस्तानबिचको खेलले तय गर्नेछ।श्रीलंका १० अंक जोडेर दोस्रो स्थानमा रहँदा पहिलो हार बेहोरेको उज्वेकिस्तानको ९ अंक छ।किर्गिस्तानको ६ तथा बंगलादेश र माल्दिभ्सल

श्रीलंका टी–२० विश्वकपको सुपर १२ मा

श्रीलंका आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा पुग्न सफल भएको छ । युएई र ओमानको संयुक्त आयोजनामा भइरहेको विश्वकपमा लगातार दोस्रो जितसहित श्रीलंका मुख्य स्पर्धामा प्रवेश गरेको हो ।

मलिङ्गा श्रीलंका टि२० विश्वकप टोलीमा परेनन्

एजेन्सी – श्रीलंकाले सर्वाधिक सफल तीव्र गातिका लासिथ मलिङ्गालाई बाहिर राख्दै अर्को महिना संयुक्त अरव इमिरेट्स (युएइ) र ओमानमा हुने टि२० विश्वकपको लागि टोली घोषणा गरेको छ । दासुन शनाका कप्तानीमा श्रीलंकाले अन्तिम टोली घोषणा गरेको हो । श्रीलंका तथा टि२० क्रिकेटकै सर्वाधिक तीव्र गतिका बलर लासिथ मलिङ्गा विश्वकप टोलीमा छैनन् । मलिङ्गा गत वर्ष […]

श्रीलंकाबाट उद्दार गरिएका २५ नेपाली महिला माइती नेपालमा

अवैध रुपमा दलालले श्रीलंका पुर्‍याएका २५ नेपाली महिलाको उद्दार भएको छ। भारतको बाटो हुँदै त्यहाँ पुर्‍याइएका उनीहरु पक्राउ परी अध्यागमन उलंघनको मुद्दा खेपिरहेकामा सरकारले उद्दार गरी  स्वदेश फिर्ता ल्याउन सफल भएको हो ।

श्रीलंका पुलिसविरुद्ध त्रिभुवन आर्मीको शानदार जित

काठमाडाैं : एएफसी कपको प्रिलिमिनर राउन्डअन्तर्गत आज(बुधाबार) सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले श्रीलंका पुलिसलाई ५–१ गोलले हराएको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा अधिक समय बलमा पकड बनाएको आर्मीले एक गोलले पछि परेको अवस्था उल्टाउँदै ५–१ गोल उत्कृष्ट जित निकालेको हो। पहिलो हाफमा २–१ को अग्रता बनाएको आर्मीले दोस्रो हाफमा ३ गोल गर्न सफल भयो।४२ औं मिनेटमा आर्मीका सन्तोष तामाङले गोल गर्दै खेललाई बराबरी बनाएका थिए। त्यसको एक मिनेटमै फरवार्ड नवयुग श्रेष्ठले

कुवेत लैजाने भन्दै महिलालाई श्रीलंका पुर्‍याएर बेचबिखन

काठमाडौं । वैदेशिक रोजगारीका लागि कुवेत लैजाने भन्दै एक महिला श्रीलंका पुर्याएर बेचविखनमा परेकी छन् । महिलालाई श्रीलंका पुर्‍याई बेचबिखन गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिया बढैयाताल गाउँपालिका–३ घर भई पर्वत कुस्मा नगरपालिका–२ बस्ने सुबेदी कान्छो, खेम सुबेदी भन्ने ३६ वर्षीय खेमबहादुर सुबेदी रहेको प्रहरीले जनाएको छ । सुबेदीले एक महिलालाई वैदेशिक रोजगारीको बहानामा बेचबिखन गर्ने उद्देश्यले कुवेतमा घरायसी कामका लागि जान पैसा खर्च हुँदैन भन्दै २०७६ सालमा राहदानी समेत आफ्नै खर्चमा बनाई नेपालको एयरपोर्टबाट जान नमिल्ने भयो भारतबाट जानु पर्छ भन्दै ललाई फकाई बिभिन्न प्रलोभनमा पारी काठमाडौं, नेपालगंज, भारतको नयाँदिल्ली, चेन्नाई हुँदै मलेसियाबाट श्रीलंका पुर्‍याएका थिए । श्रीलंका पुर्‍याएपश्चात सिराक खान र आलिक खानले श्रीलंकास्थित तालदुवा भन्ने ठाउँमा पुर्‍याई बन्धक बनाई राखेकोमा श्रीलंका प्रहरीले जाँच गर्दा भिसा नभएको कारण १० महिनासम्म कुर्भित्ता जेलमा रहेको अवस्थामा श्रीलंकास्थित नेपाली राजदूताबास र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय समेतको सहयोगमा गत मंसिर ३० गते ती महिला नेपाल फर्कन सफल भएकी थिइन् । उक्त मुद्दामा संलग्न रही फरार भएकामध्ये सुबेदीलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले पर्वत कुस्मा नगरपालिका–२ स्थित नयाँपुल भन्ने स्थानमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।उनी उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।