बजेट खर्चन नसकेको सरकारले तथ्यांक समेत सच्याएन, ओलीले ल्याएकै बजेटअनुसार हिसाब गर्दै

केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले ल्याएको बजेटलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको बजेटले प्रतिस्थापन गरिसक्यो । अहिले सरकारले कछुवा गतिमा सोही बजेट कार्यान्वयन गरिरहेको छ । तर, अर्थ मन्त्रालयले भने ओली नेतृत्वको पूर्ववर्ती सरकारले ल्याएकै बजेटअनुसार खर्च भइरहेको हिसाब देखाएको छ । अर्थ मन्त्रालय अन्तर्गतको महालेखा परीक्षक कार्यालयले बजेट कार्यान्वयनबारे सार्वजनिक विदा बाहेक हरेक दिन तथ्यांक अद्यावधिक गर्छ । बजेट खर्चबारे जानकारी दिने यो आधिकारिक निकायले अहिले पनि पूर्ववर्

सम्बन्धित सामग्री

चाडपर्व लक्षित आयात यस वर्ष पनि बढेन, निर्यात समेत खुम्चियो

७ असोज, काठमाडौं । नेपालमा चाडपर्वलाई लक्षित गरी सबैभन्दा धेरै उपभोग्य वस्तु आयात हुने महिना भदौमा यस आर्थिक वर्ष (आव) २०८०/८१ मा समेत ठूलो आयात नभएको सरकारी तथ्यांकले देखाएको छ । भन्सार विभागको तथ्यांक अनुसार यस वर्षको भदौमा १ खर्ब ३० अर्ब रुपैयाँ बराबरको मात्र वस्तु आयात भएको छ । यो अघिल्लो महिना साउनको तुलनामा […]

न्यायिक समितिमा समेत पति-पत्नीका मुद्दा बढी

अर्घाखाँचीमा सम्बन्धविच्छेदको तथ्यांक हेर्ने हो भने अवस्था विकराल देखिएको छ। जिल्ला अदालतमा दर्ता भएका मुद्दाहरूमध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका छन्।...

आवश्यक छ औद्योगिक उत्पादनको तथ्यांक: तथ्यांक संकलनमा अपनाउनुपर्ने विधि

मुलुकको अर्थतन्त्रको विकासका लागि माग र आपूर्तिको समग्र समेट्ने तथ्यांक आवश्यक पर्छ । निर्यात र आयातको तथ्यांकले मुलुकमा आन्तरिक मागमा भएको अधिकता र न्यूनताको मापन गर्ने आधार प्रदान गर्छ । तर, आन्तरिक माग कति छ र आन्तरिक उत्पादन कति छ भन्ने विषयको जानकारीका लागि आन्तरिक उत्पादनको तथ्यांक र आयात तथा निर्यातको तथ्यांक उपलब्ध हुन जरुरी छ । आन्तरिक उत्पादनमा आयातको योग गरी निर्यात घटाउँदा जति लाभ हुन आउँछ त्यही नै देशको उत्पादनको सन्तुलन हो । नेपालको सन्दर्भमा चर्चा गर्दा भन्सार विभागले समयबद्ध तालिकाअनुसार हरेक महीनाको पहिलो साताभित्र आयात निर्यातको तथ्यांक प्रकाशित गर्दै आइरहेको छ । यसले वस्तुतर्फ वैदेशिक व्यापार सन्तुलनको जानकारी एकदम सहज हुन थालेको छ । एचएसकोडको सामान्य जानकारीका भरमा हरेक वस्तुहरूको वैदेशिक व्यापार सन्तुलनको चित्रण गर्न सहज भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषिजन्य उत्पादनको नियमित तथ्यांक प्रकाशित गर्दै आएको छ । यस्तै नेपाल राष्ट्र बैंकले सेवा व्यापार आयात निर्यातको तथ्यांक नियमित रूपमा प्रकाशित गर्दै आएको छ ।  परन्तु, आन्तरिक औद्योगिक उत्पादनको तथ्यांक उपलब्ध हुन नसकेको सन्दर्भमा कुनै पनि वस्तु तथा सेवाको आन्तरिक माग र आपूर्तिको यथार्थ चित्रण हुन सकेको छैन । औद्योगिक उत्पादनको तथ्यांकको अभावमा उद्योग नीति, वाणिज्य नीति तथा आपूर्ति नीतिहरू तर्जुमा गर्दाका तीनओटा खम्बा (आयात, निर्यात र आन्तरिक उत्पादन) मध्ये एउटा खम्बा नहुँदा यी नीतिहरूलाई अपेक्षित रूपमा तथ्यपरक बनाउन सकिएको छैन । देशको अर्थतन्त्रको विश्लेषण गर्दा सर्वेमा आधारित औद्योगिक उत्पादनका पुराना तथ्यांकको सहारा लिनुपर्ने बाध्यता छ । यस परिवेशमा नीतिनिर्माता, अनुसन्धानकर्ता र व्यवसायीमा यी तीनवटै पक्ष औद्योगिक उत्पादनको तथ्यांकको कमीका कारण तथ्यमा आधारित नीति तर्जुमा गर्न, अनुमान र प्रक्षेपण गर्न तथा आफ्नो व्यवसाय स्थापना र विस्तार गर्नमा व्यवधानहरू उत्पन्न हुन गएका छन् ।  उपर्युक्त परिस्थितिमा नेपालमा औद्योगिक उत्पादनको तथ्यांकको नियमित संकलन र प्रकाशन अपरिहार्य भइसकेको छ । सिद्धान्तत: औद्योगिक उत्पादनको तथ्यांकको दायित्व केन्द्रीय तथ्यांक विभाग (हाल राष्ट्रिय तथ्यांक कार्यालय) को रहे तापनि व्यावहारिक रूपमा यसको दायित्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको नै हो । उद्योगहरूको नियामक निकाय भएका कारण उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत औद्योगिक उत्पादनको संकलन गर्न सहज पनि हुने देखिन्छ, जसरी बैंक तथा वित्तीय संस्थाको तथ्यांक उत्पादनमा नेपाल राष्ट्र बैंकलाई सहज हुने गर्दछ । नियमनकारी निकायहरूका आदेश र परिपत्रहरू मातहतका क्षेत्रका लागि बाध्यकारी प्रकृतिका समेत हुने हुँदा औद्योगिक उत्पादनको तथ्यांक नियमित संकलनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नै सबैभन्दा उपयुक्त निकायका रूपमा रहने गरेको छ ।  औद्योगिक तथ्यांक संकलनका लागि सैद्धान्तिक पक्षमा संयुक्त राष्ट्रसंघीय तथ्यांक विभागले औद्योगिक उत्पादनको तथ्यांक संकलन, सम्पादन र भण्डारणको दिग्दर्शनसहित उत्पादन कोडहरूको पनि व्यवस्था गरेको छ । तथ्यांक उत्पादनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उपसचिवको मातहतमा रहने गरी अनुसन्धान तथा तथ्यांक शाखाको व्यवस्था रहेको छ । यस शाखाको कार्यक्षेत्र विस्तार गरी औद्योगिक उत्पादनको तथ्यांक संकलन, विश्लेषण र प्रकाशनको व्यवस्था हुन सकेको खण्डमा नेपालमा सर्वत्र महसूस भइरहेको औद्योगिक उत्पादनको तथ्यांकको कमीको पूर्ति हुन सक्ने देखिन्छ ।  कार्यारम्भ  उपर्युक्त परिस्थितिका माझ नेपालमा औद्योगिक उत्पादनको तथ्यांक नियमित रूपमा संकलन गरी प्रकाशन गर्न कार्यारम्भ हुन जरुरी देखिएको छ । औद्योगिक तथ्यांक संकलनका लागि सैद्धान्तिक पक्षमा संयुक्त राष्ट्रसंघीय तथ्यांक विभागले औद्योगिक उत्पादनको तथ्यांक संकलन, सम्पादन र भण्डारणको दिग्दर्शनसहित उत्पादन कोडहरूको पनि व्यवस्था गरेको छ । संकलित तथ्यांकलाई यसै ढाँचामा सम्पादन गरी अन्तरराष्ट्रिय मापदण्डअनुसार नेपालको औद्योगिक उत्पादनको तथ्यांक प्रकाशनको व्यवस्था हुन आवश्यक छ ।  यही सैद्धान्तिक आधारमा टिकेर नेपालमा औद्योगिक उत्पादनको तथ्यांक संकलनका लागि सफ्टवेयर विकास हुन जरुरी छ । यस सफ्टवेयर नेपालमा सञ्चालित उद्योगहरूलाई डाटा इन्ट्रीको सुविधा दिने र ती प्रविष्ट तथ्यांक उक्त डाटाबेसमा भण्डार हुने व्यवस्था हुने गरी उक्त सफ्टवेयरको विकास हुन जरूरी छ । यस कार्यलाई थप व्यावहारिक बनाउन सञ्चालनमा रहेका हरेक उद्योगलाई उक्त सफ्टवेयरमा तथ्यांक प्रविष्ट गर्ने प्रयोजनका लागि युजर आइडी र पासवोर्ड राख्ने सुविधा प्रदान गर्नु पनि जरुरी छ । उक्त सफ्टवेयरमा तथ्यांक प्रविष्टि पनि सरल र उपयोगकर्तामैत्री हुन जरुरी छ । यसमा केवल तीनओटा स्तम्भ राखिनु आवश्यक छ । पहिलो स्तम्भमा उत्पादनको महीना र दोस्रो स्तम्भमा उद्योगको नाम, तेस्रो स्तम्भमा उद्योग रहेको जिल्लाको नाम, चौथो स्तम्भमा उत्पादनको एकाइ, पाँचौं स्तम्भमा उत्पादनको परिमाण राखिनुपर्छ ।  यसैगरी सञ्चालनमा रहेका हरेक उद्योगहरूले प्रत्येक महीनाको पहिलो शुक्रवार गत महीनाको उत्पादनको तथ्यांक औद्योगिक उत्पादन डाटाबेस सफ्टवेयरमा इन्ट्री गर्ने कानूनी व्यवस्था हुन जरुरी छ । संघ, प्रदेश र स्थानीय तह तीनओटै संरचनाबाट परिचालित हुने यस सफ्टवेयरमा यसैअनुरूप अनिवार्य तथ्यांक प्रविष्टिको व्यवस्था हुन पनि आवश्यक छ । यसका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सबै उद्योगहरूका लागि उद्योगहरूले तथ्यांक प्रविष्टिसम्बन्धी परिपत्र र निर्देशिका जारी गर्नुपर्छ । यस्तो निर्देशिका र परिपत्रजारी गर्दा नियमित रूपमा तथ्यांक उपलब्ध नगराउने उद्योगहरूलाई जरीवाना र नियमित रूपमा तथ्यांक उपलब्ध गराउने उद्योगहरूलाई करमा छूटको व्यवस्था हुने गरी मापदण्ड पनि सँगसँगै जारी हुन आवश्यक देखिन्छ ।  औद्योगिक उत्पादनको अनिवार्य तथ्यांक प्रविष्टिको व्यवस्था सँगसँगै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा रहेको अनुसन्धान र तथ्यांक शाखाको क्षमता अभिवृद्धि गर्न आवश्यक छ । यसका लागि उक्त शाखामा सफ्टवेयर इन्जिनीयरको थप व्यवस्थासहित तथ्यांक अधिकृत र तथ्यांक सहायकका केही दरबन्दीहरू थप गर्नुका साथै कार्यरत जनशक्तिको औद्योगिक तथ्यांक संकलनसम्बन्धी प्राविधिक ज्ञान र विश्लेषण क्षमता अभिवृद्धि गर्न स्वदेश र विदेशमा तालीमको व्यवस्था हुन पनि जरुरी देखिन्छ ।  यसका अतिरिक्त औद्योगिक उत्पादनको तथ्यांक प्रविष्टिलाई सहज, सरल र यथार्थपरक बनाउन सम्बन्धित उद्योगहरूमा कार्यरत जनशक्तिको पनि क्षमता अभिवृद्धि हुन जरुरी छ । यसका लागि प्रदेश सरकार र स्थानीय तहको सहकार्य र समन्वयनमा सम्बद्ध उद्योगका कार्यरत जनशक्तिहरूलाई अभिमुखीकरण र पुनर्ताजगी तालीमहरू व्यापक रूपमा सञ्चालन हुन जरुरी छ ।  औद्योगिक उत्पादनको तथ्यांकको दायरा विस्तार, तथ्यांकको यथार्थता र थप सुधारहरू गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत राष्ट्रिय तथ्यांक केन्द्र, नेपाल राष्ट्र बैंक, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र एवम् निजीक्षेत्रका उद्योग क्षेत्रमा प्रतिनिधिमूलक संंस्थामा प्रतिनिधिहरू सदस्य रहने गरी औद्योगिक उत्पादन तथ्यांक उपसमितिको व्यवस्था हुन पनि आवश्यक देखिन्छ । यस्तो उपसमितिले औद्योगिक तथ्यांकलाई अझ भरपर्दो बनाउन र विद्यमान कमी कमजोरीलाई सुधार गर्न आवश्यक पृष्ठपोषण दिने निश्चित छ ।  उपर्युक्तबमोजिम औद्योगिक तथ्यांक प्रविष्टिको व्यवस्थापन गर्न सकेको खण्डमा छोटो समयमा नै हरेक महीनाको दोस्रो साता नेपालका हरेक उत्पादनको यथार्थ वस्तुस्थिति नीतिनिर्माता, विश्लेषक र व्यवसायीहरूका कम्प्युटरमा उपलब्ध हुन सक्ने देखिन्छ । जसरी आज भन्सार विभागबाट प्रकाशित नेपालको वैदेशिक व्यापार तथ्यांक हरेक महीनाको पहिलो साता नीतिनिर्माता, विश्लेषक र व्यवसायीहरूका कम्प्युटरमा उपलब्ध हुने गर्छ ।  उचित प्रस्ताव तयार हुन सकेको खण्डमा औद्योगिक उत्पादनको तथ्यांक संकलनमा सफ्टवेयर विकास, जनशक्तिको क्षमता अभिवृद्धिमा दातृनिकायहरूले यस क्षेत्रमा सहयोग गर्ने सम्भावना रहेको छ ।  लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।

नेपालगन्जमा किन फैलियो दादुराको प्रकोप?

पुस २३ गते साँझ ५ बजेको तथ्यांक अनुसार नेपालगन्जमा ६४ जना बालबालिकामा दादुरा रोग देखिएको हो। जसमध्ये एक जनाको मृत्यु समेत भएको छ।

जनगणनाको प्रारम्भिक तथ्यांक तथ्यपरक नभएको भन्दै सांसदको आपत्ति

काठमाडौं, माघ १८ । सांसदहरुले केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकको नतिजा तथ्यपरक नभएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा सांसदहरुले पुनःगणना गर्न समेत माग गरे । नेकपा एमालेका सांसद एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे तथा नेपाली कांग्रेसकी सांसद प्रमिला राईले राज्यको उद्देश्य र जनताले चाहे […]

तथ्यांकमा राजनीति : तर्क एउटा, तथ्यांक अर्कै !

राजनीतिक दलका नेता, चियाचौतारी र सामाजिक सञ्जालसम्म ‘३ करोड नेपाली’ भन्न थालिएको धेरै भइसक्यो । केन्द्रीय तथ्यांक विभागले समेत डेढ वर्षअघि नै नेपालको जनसंख्या ३ करोड नाघेको भनेर अनुमानित विवरण सार्वजनिक गरेको थियो । तर विभागले नै बुधबार सार्वजनिक गरेको राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकमा नेपालको जनसंख्या अझै तीन करोड पुग्न सकेको छैन । अर्थात्, वर्षौंदेखि नेपालको जनसंख्या तीन करोड नाघिसक्यो भन्ने हिसाबले गरिँदै आएको तर्कलाई राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकले मिथ्या साबित गरिद

गणकलाई विश्वास गर्न तथ्यांक विभागको आग्रह

काठमाडौं, कात्तिक ३० । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणनामा व्यक्ति तथा संस्थाले आफ्नो संस्थागत निर्णय अनुसारकै उत्तर दिन विभिन्न अभियान चलाइनु गलत भएको बताएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै विभागले गणकलाई विश्वास गर्न र सही तथ्यांक टिपाउन समेत आम सर्वसाधारणमा आह्वान गरेको छ । गणकबाट सही तथ्यांक प्राप्त गर्न नसकिने भन्ने भ्रम फैलाएर […]

तथ्यांक संकलनको कामलाई गम्भिरतापूर्वक अगाडि बढाईरहेको दाबी

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले सरकारले तथ्यांक संकलनको कामलाई गम्भिरतापूर्वक अगाडि बढाईरहेको बताएका छन् । उपाध्यक्ष पौडेलले मुलुकलाई सुशासनको बाटोमा अघि बढाउन पनि सरकारले तथ्यांक संकलनको कामलाई प्राथमिकतामा साथ अघि बढाएको तर्क समेत गरे । नेपाल उद्योग परिसंघले शुक्रबार काठमाडौंमा सार्वजनिक गरेको ‘इन्डष्ट्रि स्टाटस रिर्पोट’ सार्वजनिक गर्दै उनले केन्द्रिय तथ्यांक विभागलाई पनि यथार्थमा […]

रोजगारीका लागि भारत जानेको तथ्यांक व्यवस्थित गरिने

सुदूरपश्चिम प्रदेश सरकारले रोजगारीका लागि भारत जाने प्रदेशवासीहरुको तथ्यांक व्यवस्थित गर्ने भएको छ ।प्रदेशको सामाजिक विकास मन्त्रालयले एक संस्थामार्फत् रोजगारी गर्न भारत जानेहरुको तथ्यांक राख्नका लागि अध्ययन गरिरहेको हो । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले देशमा रोजगारको अवसरहरु पर्याप्त नहुँदा रोजगारका लागि भारत जाने क्रम नरोकिएको बताउँदै प्रदेश सरकारले सोको लागि समेत अध्ययन […]

हिमोफिलिया भएका व्यक्तिहरुको वास्तविक तथ्यांक समेट्नुपर्ने माग

राष्ट्रिय जनगणना २०७८ मा पहिलोपटक हेमोफिलिया भएका व्यक्तिहरुको पनि गणना हुने भएकाले शनिवार काठमाडौंमा एक पत्रकार सम्मेलनको बिच हिमोफिलिया सोसाइटी नेपालले जनगणनामा हेमोफिलिया भएका व्यक्तिहरुको वास्तविक तथ्यांक समेट्ने गरी गणना गर्न र गराउन माग गरेको छ । त्यसैगरि हिमोफिलिया सोसाइटी नेपालका महासचिव दिपक न्यौपानेले गणकहरु आउँदा घरपरिवारमा भएका हेमोफिलिकको बारेमा प्रष्ट विवरण दिन समेत अनुरोध गरेका छन् ।