ताजा जनादेशमा जानु प्रतिगमन होइन– प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जानुलाई प्रतिगमन भन्न नमिल्ने बताएका छन् । शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ताजा जनादेशमा जानुलाई प्रतिगमन भन्न नमिल्ने बताएका हुन् । 'ताजा जनादेशमा जानु प्रतिगमन होइन, यो लोकतन्त्रको विशेषता हो,' प्रधानमन्त्री ओलीले भने, 'प्रतिगमन भन्नु जनताको सार्वभौमसत्तालाई अपमान गर्नु हो ।' हुने चुनाव निष्पक्ष हुने दाबी गर्दै शंका भए सरकारमा सहभागी हुन पनि अपिल गरेका छन् । 'चुनाव निष्पक्ष हुन्छ । मनमा केही आशंका छन् भने फेरि पनि भन्न चाहन्छु, ...

सम्बन्धित सामग्री

प्रचण्डलाई जनमोर्चाका सांसदको प्रश्न : प्रतिगमन सच्चियो कि सच्चिएन ?

२९ फागुन, काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिगमन सच्चियो कि बाँकी छ भनी प्रश्न गरेका छन् । मंगलबार राष्ट्रिय सभामा राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवारलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिंदै सांसद विश्वकर्माले यस्तो प्रश्न गरेका हुन् । गठबन्धन बदलिनुको कारण थाहा नभएको उल्लेख गर्दै उनले भने, ‘प्रतिगमन रोक्न […]

शेरबहादुरजी, तपाईंले पनि प्रतिगमन गर्नुभयो : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले निर्वाचन घोषणा गरेर प्रतिगमन गरेको भन्दै कटाक्ष गरेका छन् । संसद् विघटन गरेको प्रति प्रधानमन्त्री शेरबहादुर देउवाले व्यङ्ग्य गरेपछि त्यसको जवाफमा सरकारले निर्वाचन घोषणा गरेर अर्को प्रतिगमन गरेको भन्दै जवाफ फर्काएका हुन् ।प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रतिनिधि सभाको निर्वाचन गत वर्षको वैशाख १७ र २७ गते नै हुन्थ्यो । त्यतिबेला कुनै प्रणाली जान लागेका त थिएन, संविधान जान लागेको थिएन । नयाँ संसद् आउँथ

प्रतिगमन परास्त भयो : जनार्दन शर्मा

काठमाडौं, २८ असार । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले प्रतिगमन परास्त भएको स्पष्ट पारेका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्ने निर्णय र कांग्रेस सभापति शेरबहादुर देउवालाई भोलि (मंगलबार) ७ बजेभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि नेता शर्माले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत […]

प्रतिगमन परास्त गर्न अझै सकिएको छैनः श्रेष्ठ

काठमाडौं, असार २२ । राष्ट्रियसभाको सोमबारको बैठकमा माओवादी केन्द्रका सांसद नारायणकाजी श्रेष्ठले संविधानको बाटोविपरीत प्रधानमन्त्री केपी ओली जाँदा मुलुक यतिबेला प्रतिगमन भाग दुईमा पुगेको बताएका छन्। राष्ट्रिष्यसभाको बैठकमा बोल्दै नेता श्रेष्ठले प्रधानमन्त्री ओलीले एकपछि अर्को गरी प्रतिगामी कदम चाल्दै जाँदा प्रतिगमन र अग्रमनको द्वन्द्वसंघर्षबाट मुलुक गुज्रिएको बताए। उनले प्रतिगमन भाग दुई अन्तर्गत देखा परिराखेको र […]

ताजा जनदेशमा जानु प्रतिगमन होइन- प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनदेशमा जानु प्रतिगमन नभएको बताएका छन्। अस्थिर राजनीतिलाई सही दिशामा ल्याउनको लागि सरकार निर्वाचनको तयारीमा लगेको छ। आफ्नै दलका नेता र संसदको असहयोग र विपक्षीहरुसँग स्वार्थपुर्तिका लागि गठबन्धन गर्ने कार्यले समस्या सिर्जना भयो। देशबासीको नाममा संवोधन गर्दै प्रधानमन्त्री ओलीले भने- अब देशको राजनीतिलाई ठीक ठाउँमा ल्याउन तोकिएकै समयमा निर्वाचन गर्नु पर्छ।

‘प्रतिगमन–२’को विरुद्ध उदयपुरमा पुत्ला दहन

समाचारको सारांशअघिल्लो मध्यराति भएको संसद विघटनको घट्नालाई ‘प्रतिगमन–२’ को संज्ञा दिँदै नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालले उदयपुरमा आईतबार साँझ राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको...

‘आफूले सरकार बनाउन नसक्दा पनि प्रतिगमन, अरूले सरकार बनाउँदा पनि प्रतिगमन ’

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका अध्यक्ष उपेन्द्र यादवप्रति कटाक्ष गर्दै आफूले सरकार बनाउन नसकेपछि देशमा प्रतिगमन भएको देख्ने गरेको टिप्पणी गर्नुभयो । त्यस किसिमका आलोचनालाई उहाँले देशमा अस्थिरता चाहनेहरूको कुतर्कको संज्ञा दिनुभयो । शुक्रवार सिंहदरबारमा प्रधानमन्त्रीको पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषद्को बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘यतिबेला पनि केही अस्थिरता चाहने र देशमा शान्ति देख्न नचाहने तत्त्वहरूले लोकतान्त्रिक मूल्य, मान्यताअनुसार संविधा...

संविधानमाथि प्रतिगमन : शक्तिबहादुर बस्नेत

नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले परम्परागत संसदीय मान्यतालाई पुनस्र्थापित गर्न कोसिस गरेर संविधानमाथि प्रतिगमन गरेको टिप्पणी गरे ।प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै सांसद बस्नेतले राजनीतिक स्थायित्व र संसदको रक्षाका लागि परम्परागत संसदीय प्रणालीलाई परिमार्जन गरी संविधानमा व्यवस्था गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले पुनः परम्परागत प्रणालीलाई नै पुर्नस्थापित गर्ने प्रयास गरेको […]

ओलीको 'प्रतिगमन पुतला'मा अनेरास्ववियुद्वारा जुत्ता प्रहार

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड नेपाल समूह समर्थित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गरेका छन्। अनेरास्ववियुका नेताहरुले प्रतिगमन लेखिएको प्रधानमन्त्री केपी शर्मा ओलीको पुतलामा जुत्ता प्रहार गरेका थिए। ओलीको जनसभाहरुमा प्रयोग गरिएको तस्विरको 'ब्ल्याक प्रिन्ट' गरेर प्रतिगमन लेखिएको थियो। नारायणहिति दरबार अघि सरकारविरुद्ध नारा लगाउँदै जुत्ता…