‘आफूले सरकार बनाउन नसक्दा पनि प्रतिगमन, अरूले सरकार बनाउँदा पनि प्रतिगमन ’

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका अध्यक्ष उपेन्द्र यादवप्रति कटाक्ष गर्दै आफूले सरकार बनाउन नसकेपछि देशमा प्रतिगमन भएको देख्ने गरेको टिप्पणी गर्नुभयो । त्यस किसिमका आलोचनालाई उहाँले देशमा अस्थिरता चाहनेहरूको कुतर्कको संज्ञा दिनुभयो । शुक्रवार सिंहदरबारमा प्रधानमन्त्रीको पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषद्को बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘यतिबेला पनि केही अस्थिरता चाहने र देशमा शान्ति देख्न नचाहने तत्त्वहरूले लोकतान्त्रिक मूल्य, मान्यताअनुसार संविधा...

सम्बन्धित सामग्री

ओलीले फेरि गरे संसद विघटनको प्रतिरक्षा : संसद विघटन प्रतिगमन हैन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले गरेको प्रतिनिधिसभा विघटनको प्रतिरक्षा गरेका छन् । निर्वाचनपछिको पहिलो प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘एकताका नेपालमा बढो हल्ला चलाइयो । प्रतिनिधिसभा विघटन प्रतिगमन हो

निर्वाचनमा जानु प्रतिगमन हुँदैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा जानु प्रतिगमन नहुने बताउँदै आफ्नो सरकार भएको भए गत वैशाखमै निर्वाचन भइसकेको हुने बताउनुभएको छ । प्रतिनिधिसभाको यो कार्यकालको अन्तिम बैठकलाई सम्बोधन गर्दै उहाँले चुनावको घोषणा जुनसुकै रुपमा अग्रगामी र लोकतान्त्रिक प्रक्रिया हुने बताउँदै उहाँले यस्तो बताउनुभएको हो । बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतले संसद पुनःस्थापना …

संसद विघटनको बचाउ गर्दै ओलीले भने -‘परमादेशबाट सरकार बनाउनु पो प्रतिगमन हो’

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा जाने कुरालाई प्रतिगमन भन्न नमिल्ने बताएका छन्। प्रतिनिधिसभाको कार्यकाल सकिँदै गर्दा शनिबार अन्तिम बैठकमा बोल्दै ओलीले आफूले दुई–दुईपटक गरेको संसद विघटनको बचाउ गरे। ‘निर्वाचनमा जाने कुरालाई प्रतिगमन भनिँदैन’, ओलीले भने, ‘यदि त्यसो भन्ने हो भने त अहिले पनि सरकारले प्रतिगमन गर्दैछ, संसद त आजबाट सकिँदैछ। चुनाव रोकेर आयु लम्ब्याउने कुरा पो प्रतिगमन हो त।’असंवैधानिक ढंगबाट परमादेशमार्फत सरकार बन

संसदमा ओलीले भने- अधिवेशन अन्त्य गरेर प्रतिगमन गर्दैहुनुहुन्छ ?

‘परमादेशबाट नक्कली सरकार बनाउनु प्रतिगमन हुन्छ,’ ओलीले भने, ‘समयभित्र निर्वाचन भएन भने प्रतिगमन हुन्छ ।’ उनले प्रतिनिधिसभा विघटनको निर्णयको बचाउ गर्दै पुनर्स्थापना नभएको भए गत वैशाखमै चुनाव भइसक्ने दाबी गरे ।

गठबन्धन वा प्रतिगमन !

आज देश गम्भीर मोडमा उभिएको छ । या त गठबन्धन सफलतापूर्वक अगाडि बढ्नेछ वा देश प्रतिगमन तिर जानेछ । ती दुईभन्दा तेस्रो कुनै विकल्प छैन ।पाँच दलीय गठबन्धनमा कति धेरै शक्ति छ व्यवहारले त्यो कुरा प्रस्ट गर्दै लगेको छ । यो गठबन्धनको भूमिकाका कारणले नै थियो की संसदलाई विघटन गर्ने ओलीका २–२ पल्टका दुष्प्रयासहरू असफल भए । ओलीको सरकार अपदस्थ भयो । एमालेका प्रदेश सरकारहरू ढल्दै गए ।राष्ट्रिय सभाको चुनावमा ओलीले पहिले नै आफ्नो पराजय स्वीकार गरेका छन् । यो प्रस्ट छ कि गठबन्धन यही प्रकारले अगाडि बढ्दै गए

प्रतिगमन कि अग्रगमन ?

प्रतिगमन कि अग्रगमन भन्ने बहस विस्तारै धीमा बन्दै गइरहेको छ । किनकि देशमा देउवाको सरकार आएको छ । नेपालको राजनीतिलाई नजिकबाट नियाल्ने हो भने यी शब्दहरू नेपालको राजनीतिमा सदावहार हुन् । जुन आफू अनुकूलताका लागि प्रयोगमा ल्याइने अस्त्र बनेका छन् । राजनीतिमा सबै सम्भव हुन्छ भन्ने अभिव्यक्त विचारले राजनीतिलाई मात्र होइन, हरेक क्षेत्रलाई गाँजेको पाइन्छ […]

ताजा जनदेशमा जानु प्रतिगमन होइन- प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनदेशमा जानु प्रतिगमन नभएको बताएका छन्। अस्थिर राजनीतिलाई सही दिशामा ल्याउनको लागि सरकार निर्वाचनको तयारीमा लगेको छ। आफ्नै दलका नेता र संसदको असहयोग र विपक्षीहरुसँग स्वार्थपुर्तिका लागि गठबन्धन गर्ने कार्यले समस्या सिर्जना भयो। देशबासीको नाममा संवोधन गर्दै प्रधानमन्त्री ओलीले भने- अब देशको राजनीतिलाई ठीक ठाउँमा ल्याउन तोकिएकै समयमा निर्वाचन गर्नु पर्छ।

‘यसअघि देउवा र प्रचण्डले पनि प्रतिगमन गरेकै हो, हामीलाई सत्तामा जान हतार छैन’

काठमाण्डौ – अहिले नयाँ सत्ता समीकरणको बहस भइरहेको छ । कांग्रेस र माओवादी केन्द्र नयाँ सरकार बनाउन लागिपरेको देखिन्छ । केपी शर्मा ओली पनि आफू नेतृत्वको सरकार बचाउन कसरमा हुनुहुन्छ । तर हामी त्यसैलाई समर्थन गर्छाैँ, जसले हाम्राे काम गरिदिन्छ । अहिले नै सत्ता समीकरणतिर लाग्दैनौँ ।  अहिले केपी शर्मा ओलीको कदम प्रतिगमन हो भनेर विश्लेषण भइरहेको छ । तर हाम्रा लागि नेपाली कांग्रेस र माओवादी केन्द्र पनि त्यतिकै प्रतिगमनकारी शक्ति हो । देउवाजीले प्रजातन्त्रलाई नै लगेर राजालाई बुझाउनुभएको थियो । अब उहाँलाई हामीले अग्रग...