सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले उपत्यकामा तीन वटा शाखा कार्यालय विस्तार गरेको छ । भक्तपुरको सूर्यविनायक, काठमाडौंंको धुम्बाराही र ललितपुरको थसिखेलमा शाखा कार्यालय विस्तार गरेको हो । यससँगै काठमाडाैं उपत्यकाभित्र बैंकको ३५ वटा शाखाहरु र बागमती प्रदेशमा ४९ वटा शाखाहरु संचालनमा रहेका छन् ।