मंसिर २१ गते हुने चुनावका लागि मंगलबार बिहानैदेखि दाङमा परिचय पत्र लिनेहरूको भीड लागेको छ। स्थानीय तहको निर्वाचनभन्दा यसपटक दाङमा ४७ हजार ७ सय ३९ मतदाता बढी थपिएका छन्। स्थानीय तहको निर्वाचनमा दाङमा कुल मतदाता संख्या दुई लाख ९१ हजार एक सय ७५ थियो भने यसपटक तीन लाख ३८ हजार नौ सय १४ पुगेको छ ।…