हिमाली जिल्ला मनाङमा नयाँ मतदाता र पुरानो मतदाता परिचयपत्र हराएकालाई परिचयपत्र वितरण गरिएको छ । जिल्लाका २८ मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरण कार्य सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ । मतदान केन्द्रमा पुगेका निर्वाचन अधिकृतहरू निर्वाचनलाई निष्पक्ष र भयरहित तवरबाट व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सर्वदलीय र सर्वपक्षीय छलफल गराई आवश्यक निर्णयसमेत गरी मतदानको तयारीमा छन् । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा बिहानैदेखि परिचयपत्र वितर