काठमाडौँ– निर्वाचन आयोगले मतदाता परिचयपत्र प्राप्त गरेका मतदाताले मतदाता परिचयपत्र विभिन्न कारणले नष्ट भएको, हराएको अवस्थामा पुनः अर्काे पाउने व्यवस्था गरेको छ। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आफ्नो वडा कार्यालयको सिफारिससहित निर्वाचन कार्यालयमा निवेदन दिएमा आयोगबाट त्यस्ता मतदाताको परिचयपत्र बनाउने निर्णय भएको हो। मतदाता परिचयपत्र सिफारिशका लागि कतिपय स्थानीय तहबाट दस्तुरसमेत लिएको भन्ने जानकारी […]