काठमाडौं : मतदाता परिचयपत्र खोसेर भागेका निवर्तमान वडाध्यक्ष महेश्वर काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दोलखाको तामाकोशी गाउँपालिका-१ को वडा कार्यालयस्थित मतदान स्थलमा मतदाता परिचयपत्र वितरण भैरहँदा बुधबार काफ्लेले सहायक कर्मचारी हरिशरण भट्टराईको हातबाट १२५ थान परिचयपत्र खोसेर भागेका थिए।मतदाता परिचयपत्र खोसेर भागेका निवर्तमान अध्यक्ष काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। उनका अनुसार काफ्लेलाई निर्वाचन कसुरअन्तर्गत कारबाही