कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७८–७९ का लागि अध्यादेशबाट बजेट ल्याएको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश विनियोजन अध्यादेश र प्रदेश आर्थिक अध्यादेश २०७८ जारी गर्न सिफारिस गरेसँगै प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले अध्यादेश जारी गरेका हुन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदबाट बजेट पेस गर्न नदिएपछि प्रदेश सरकारले वैकल्पिक बाटो अध्यादेश समातेको हो । प्रदेश सरकारले असार १ गते आर्थिक वर्ष २०७८–०७९ का लागि ल्याएको ३६ अर्ब ५४ करोड ६६ ला