कर्णाली प्रदेशको बजेट ३२ अर्ब ६१ करोड

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि रु ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजारको बजेट प्रस्तुत गरेको छ । आगामी वर्षको व्यय र अनुमानसहितको उक्त बजेट प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले प्रदेशसभाको दशौँ अधिवेशनको तेह्रौँ बैठकमा प्रस्तुत गर्नुभएको हो । आगामी आर्थिक वर्षमा प्रस्ताव गरिएका नीति तथा कार्यक्रम …

सम्बन्धित सामग्री

कर्णाली प्रदेशको खर्च निराशाजनक

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको पाँच महिनामा ९.६८ प्रतिशत बजेट मात्र खर्च गरेको छ।

कर्णाली प्रदेशको बजेट खर्च निराशाजनक

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा सात प्रतिशत बजेट खर्च भएको छ । सरकारले चालु र पुँजीगत गरी उक्त अवधिमा ७.६३ प्रतिशत बजेट खर्च गरेको हो । चालु आर्थिक वर्ष २०७९/०८० का लागि कर्णाली सरकारले ३२ अर्ब ६१ करोड ६१ लाख ६२ हजार रूपैयाँको बजेट विनियोजन गरिएको थियो । प्रदेश लेखा नियन्त्रक कार्यालयले […]

कर्णाली प्रदेशको बजेट बहुमतले पारित

२७ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७९–८० को बजेट बहुमतले पारित भएको छ । आगामी आर्थिक वर्षका लागी प्रदेश सरकारले ल्याएको ३२ अर्ब ६१ करोड ६१ लाख रुपैयाँको बजेट सोमबार बसेको प्रदेशसभा बैठकबाट बहुमतले पारित भएको हो । गत असार १ गते प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले अगामी […]

कर्णाली प्रदेशको बजेट : आकार घट्यो, प्राथमिकता फेरियो

सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९\८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार बराबरको बजेट सार्वजनिक गरेका छन्।कर्णाली सरकारले चालु आर्थिक वर्षको तुलनामा आगामी बजेटको आकार घटाएको छ। चालू आर्थिक वर्षमा ३६ अर्ब ५४ करोड ६६ लाख बजेट रहेकोमा आगामी वर्षका लागि त्योभन्दा झण्डै चार अर्ब कम बजेट प्रस्तुत गरिएको हो।आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले बुधवार प्रदेशसभामा सार्वजनिक गरेको आगामी बजेटमा पुँजीगततर्फ १९ अर्ब ४३ करोड पाँच लाख २४ हजार विनियोजन गरिएको छ। यो कुल ब

कर्णाली प्रदेशको बजेट ३२ अर्ब ६१ करोड ६१ लाख

सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९।०८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार बराबरको बजेट ल्याएको छ। बुधबार प्रदेश सरकारका अर्थमन्त्री विन्दमान विष्टले चालू आर्थिक वर्षको तुलनामा झण्डै ४ अर्ब कमको बजेट प्रस्तुत गरेका हुन्।

कर्णाली प्रदेशको बजेट खर्च न्यून

सुर्खेत-कर्णाली प्रदेश सरकारको बजेट खर्च चालु आर्थिक वर्षका आठ महिनामा पनि न्यून देखिएको छ ।प्रदेश सरकारले फागुन मसान्तसम्म जम्मा विनियोजित बजेटको १६.१३ प्रतिशत मात्र खर्च गरेको हो । चालु आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ६७ लाख ७१ हजार जम्मा बजेट विनियोजन गरिएकोमा ५ अर्ब ९२ करोड ७३ लाख ८६ हजार १ सय ३६ […]

कर्णाली प्रदेशको बजेट ७ प्रतिशत मात्रै खर्च

काठमाडौं । कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेटलाई लक्ष्यअनुसार खर्च गर्न सकेको छैन । सुस्त गतिमा रहेको बजेट खर्च चालू आर्थिक वर्षको सुरुआती पाँच महिनामा ७ प्रतिशत मात्रै पुगेको छ । सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ का लागि ३६ अर्ब ५३ करोड ३५ लाख ५५ लाखको बजेट ल्याएको थियो । तर, पाँच महिना भन्दा बढी समय […]

कर्णाली प्रदेशको बजेट अन्ततः अध्यादेशबाट पारित

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७८–७९ का लागि अध्यादेशबाट बजेट ल्याएको छ।   बिहीबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश विनियोजन अध्यादेश र प्रदेश आर्थिक अध्यादेश २०७८ जारी गर्न सिफारिस गरेसँगै प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले अध्यादेश जारी गरेका हुन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदबाट बजेट पेस गर्न नदिएपछि प्रदेश सरकारले वैकल्पिक बाटो अध्यादेश समातेको हो ।  प्रदेश सरकारले असार १ गते आर्थिक वर्ष २०७८–०७९ का लागि ल्याएको ३६ अर्ब ५४ करोड ६६ ला

कर्णाली प्रदेशको बजेट ३६ अर्ब : कोरोना नियन्त्रण तथा रोकथाम प्राथमिकतामा

असार १, वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३६ अर्बभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । कर्णाली प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले आगामी आर्थिक वर्षको लागि कुल ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन् । कोरोना नियन्त्रण तथा रोकथाम र उपचारलाई प्राथमिकतामा राखेर कर्णाली सरकारले बजेट ल्याएको छ । समृद्ध कर्णालीको आधारः स्वास्थ्य, शिक्षा, उत्पादन र पूर्वाधार भन्ने मूल नाराका साथ आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याएको हो ।  जसमा पूँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार र चालूतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार बराबरको बजेट ल्याईएको हो । यस्तै वित्तीयतर्फ ३ अर्ब ३९ करोड ९९ लाख ५३ हजार बजेट विनियोजन गरिएको छ । कर्णाली प्रदेशले कोरोना नियन्त्रणका लागि ५३ करोड ९३ लाख बजेट विनियोजन गरेको छ ।  आगामी आव २०७८/०७९ को बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले कोरोना नियन्त्रणका लागि ५३ करोड ९३ लाख बजेट विनियोजना गरेको घोषणा गरेका हुन् । सरकारले कोरोना नियन्त्रणका लागि ५३ करोड ९३ लाख बजेट विनियोजन गरेको छ । आगामी आव २०७८/०७९ को बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले कोरोना नियन्त्रणका लागि ५३ करोड ९३ लाख बजेट विनियोजन गरेको घोषणा गरेका हुन् । प्रदेश अस्पताल सुर्खेतलाई ५०० शय्या, डोल्पा, मुगु र हुम्ला जिल्ला अस्पताललाई ५० शय्या, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान अस्पताललाई १०० शय्याका रुपमा स्तरोन्नति गरिने मन्त्री शर्माले बताए । प्रदेशका सबै जिल्लामा मिनी अक्सिजन प्लान्ट सञ्चालन गरिने भएको छ ।   यस्तै कर्णाली प्रदेश सरकारले उत्कृष्ट किसानलाई सुनको हलो अंकति तक्माले सम्मान गर्ने जनाएको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले मंगलवार यस्तो घोषणा गरेका छन् ।  ‘मुख्यमन्त्री कृषि कार्यक्रम’ मार्फत वार्षिक एक जना उत्कृष्ट कृषकलाई सुनको हलो अंकति तक्माले सम्मान गरिनेछ । त्यस्तै, व्यावसायिक कृषि खेती प्रणालीको विकास तथा किसानको सम्मानका लागि प्रदेशका २०० किसानलाई सम्मान गरिने बजेट वक्तव्यमा उल्लेख छ । जसका लागि आगामी आर्थिक वर्षमा सरकारले ४० लाख बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष सकिन लाग्दा कर्णाली प्रदेशको बजेट खर्च १९ % मात्र

जेठ ११ वीरेन्द्रनगर । कर्णाली प्रदेश  सरकारको आर्थिक वर्ष २०७७/ ०७८ दुई महीना मात्रै बाँकी रहँदा प्रदेश सरकारले पूँजीगत अर्थात् विकास  खर्च चालू आर्थिक वर्ष सकिनै लाग्दासमेत प्रदेश सरकारको विकास तर्फको खर्च न्यून छ ।  प्रदेश सरकारले चालूतर्फको बजेट झण्डै साढे १९ प्रतिशत मात्रै खर्च गरेको छ ।  अघिल्ला वर्षहरूमा विभिन्न वाहनामा बजेट खर्च गर्न नसकिएको बताउँदै आएको कर्णाली सरकारले चालू आर्थिक वर्षमा पनि पूर्वाधार क्षेत्रको (विकास बजेट) खर्च गर्न सकेको छैन । अब बाँकी रहेको दुई महीनाभित्र विकास बजेटमा ठूलै खर्च हुने अवस्था भने  छैन । प्रदेश लेखा नियन्त्रण कार्यालय सुर्खेतको तथ्याङ्कअनुसार प्रदेश सरकारले चालू आर्थिक वर्षको १० महीना वितिसक्दा विकासतर्फको जम्मा १९ दशमलव २३ प्रतिशत बजेट खर्च भएको  छ अर्थात् ३ अर्ब ६६ करोड ७० लाख ९० हजार ३८७ रुपैयाँ मात्रै खर्च गरिएको छ । शतप्रतिशत बजेट खर्च गर्नलाई प्रदेश सरकारले अबको दुई महीनाभित्र ८० प्रतिशतभन्दा बढी रकम खर्च गर्नुपर्छ । चालू आर्थिक वर्षमा प्रदेशको विकास बजेट १९ अर्ब ६९ करोड १ लाख २१ हजार रुपैयाँ बजेट छ । कोरोना महामारी र आर्थिक वर्ष पनि अब धेरै नरहेकाले अब झण्डै १६ अर्ब रुपैयाँ बजेट खर्च गर्न सम्भव छैन । तथ्याङक अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले झण्डै पाँच प्रतिशत अर्थात् १८ करोड ४६ लाख ७० हजार रुपैयाँ बजेट खर्च गरेको छ । जबकी मुख्यमन्त्री कार्यालयसँग कुल ३ अर्ब ७६ करोड ९९ लाख रुपैयाँ वार्षिक बजेट छ । त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयले दुई प्रतिशत अर्थात् २५ करोड ८१ लाख ७ हजार रुपैयाँ बजेट खर्च गरेको छ ।मन्त्रालयसँग १ अर्ब २८ करोड ६२ लाख ३५ हजार रुपैयाँ बजेट छ । आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्रालयले जम्मा २२ प्रतिशत अर्थात् ६५ करोड ९४ लाख रुपैयाँ बजेट खर्च गरेको छ ।जबकी मन्त्रालयसँग वार्षिक २९ करोड ५५ लाख रुपैयाँ विकास बजेट छ । त्यस्तै विकासे अड्डाका रुपमा चिनिने भौतिक पूर्वाधार विकास मन्त्रालयले पनि १० महीनाको अवधिमा जम्मा २६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । मन्त्रालयसँग चालू आर्थिक वर्षमा १० खर्ब ६७ करोड ८८ लाख रुपैयाँ विकास बजेट छ । सामाजिक विकास मन्त्रालयको विकास बजेट खर्च पनि निराशाजनक नै छ । त्यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पनि न्यून बजेट खर्च गरेको छ । वार्षिक ५१ करोड ४९ लाख ६५ हजार रुपैयाँ  वार्षिक बजेट भएको कृषि मन्त्रालयले १० महीनासम्म १९ कुोड ९९ लाख रुपैयाँ बजेट खर्च गरेको छ ।   त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले झण्डै ११ प्रतिशत अर्थात् ११ करोड एक बजेट खर्च गरेको छ । मन्त्रालयसँग बार्षिक १ अर्ब ११ करोड ३५ लाख रुपैयाँ विकास बजेट छ ।  वार्षिक १ अर्ब ४२ करोड रुपैयाँ बजेट भएको सामाजिक विकास मन्त्रालयले पनि १० महीनाको अवधिमा १९ प्रतिशत अर्थात् २७ करोड ३० लाख रुपैयाँ  बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय सुर्खेतका सूचना अधिकारी यमुना श्रेष्ठले जानकारी दिइन् । विकास बजेट खर्च गर्न नसक्नुमा प्रदेश सरकारले विभिन्न समस्याहरु देखाउने गरेको छ ।  यद्यपि प्रदेश सरकारले आर्थिक वर्षको अन्त्यमा अर्थात असारभित्रमा विकास बजेटको खर्च बढ्ने अनुमान गरेको छ ।कर्णाली प्रदेश सरकारले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ को नारा तय गरेको छ तर यसलाई व्यवहारमा कार्यान्वयन गर्न सकेको छैन । प्रदेश सरकार गठन भएयता आफैले ल्याएको बजेट पनि कार्यान्वयन भएको छैन ।