कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेट संसदमा बहुमतले पारित भएको छ । सभामुख राजबहादुर शाहीले प्रदेशसभाको दशौं अधिवेशन अन्तर्गतको २३ औं बैठकबाट बजेट पारित भएको जानकारी गराएका हन् । सोमबार बजेटमाथि उठेका प्रश्नहरुको मुख्यमन्त्री जीवनबहादुर शाहीले जवाफ दिएका थिए । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट बिरामी भएकाले मुख्यमन्त्री शाहीले नै बजेट पारितका लागि प्रस्ताव पेश गरेका थिए । गत असार १ गते अर्थ मन्त्री विष्टले आगामी आव ०७९/०