मोरङ – लेटाङ नगरपालिकास्थित शिक्षा विकास माध्यमिक विद्यालयमा भएको हिंस्रक घटना र प्रहरी जवानको मृत्यु प्रकरणमा ६३ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार महिला प्रहरीको मृत्यु हुने गरी भएको घटनामा संलग्न आरोपमा ६३ जनालाई पक्राउ गरिएको हो। प्रहरीको हत्यासँगै विद्यालयका संरचना, निजी सवारी साधन तोडफोड, आगजनीलगायत घटना भएको […]