सिमकोट – सिमकोट बृहत खानेपानी आयोजना निर्माण गर्नेबारे त्रिपक्षीय सम्झौता भएको छ। सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जुम्ला, गाउँपालिका र उपभोक्ता समितिबीच आयोजना निर्माणसम्बन्धी त्रिपक्षीय सम्झौता भएको जानकारी दिएका हुन्। त्रिपक्षीय सम्झौता भएसँगै आयोजना चाँडै सुरु हुने उनले दावी गरे। यो आयोजनाको निर्माणपश्चात सदरमुकामवासीले खानेपानी समस्याबाट मुक्ति पाउने विश्वास […]