बलेवा– जिल्लाको कुश्मीशेरा बजारमा शुद्ध खानेपानी ल्याउन आयोजना सुरु भएको १२ वर्ष भयो । विसं २०६७ मा सुरु भएको बृहत् कुश्मीशेरा–रायडाँडा खानेपानी आयोजना अहिले पनि चलिरहेकै छ, तर पानी आएको छैन । साविकको कुश्मीशेरा गाविसभरिका सर्वसाधारणलाई पानी पुर्याउने गरी आयोजना सुरु भएको हो । संघीयताको कार्यान्वयनसँगै जैमिनी नगरपालिका गठन भएपछि कुश्मीशेरा बजार नगरपालिकाको सदरमुकाम बनेको […]