खानेपानी आयोजना सुरु हुने तर समयमै सम्पन्न नहुने समस्याको उल्झनमा फसेको छ– प्यूठान । सानाठूला गरी १ सय ५० बढी आयोजना प्यूठानमा निर्माणाधीन छन्, जसमध्ये प्रदेश सरकारअन्तर्गतका मात्रै २० भन्दा बढी खानेपानी आयोजना लामो समयदेखि अलपत्र परेका हुन् । जिल्लामा सञ्चालित यी आयोजना सम्पन्न भए मात्रै पनि ४ हजार ४ सय बढी घरधुरीमा पिउने पानी पुग्नेछ ।