बागलुङको कुश्मीशेरा बजारमा शुद्ध खानेपानी ल्याउन आयोजना सुरु भएको १२ वर्ष भयो । विसं २०६७ मा सुरु भएको बृहत् कुश्मीशेरा–रायडाँडा खानेपानी आयोजना अहिले पनि चलिरहेकै छ, तर पानी आएको छैन । साविकको कुश्मीशेरा गाविसभरिका सर्वसाधारणलाई पानी पु¥याउने गरी आयोजना सुरु भएको हो । सङ्घीयताको कार्यान्वयनसँगै जैमिनी नगरपालिका गठन भएपछि कुश्मीशेरा बजार नगरपालिकाको सदरमुकाम बनेको छ । गाविसबाट परिमार्जन भएर वडा बनेको कुश्मीशेरा बजारले दशकौँदेखि शुद्ध खानेपानीको अभाव झेल्दै आएको छ ।कहिले खोलाको पान