रसुवाका उम्मेदवार घरदैलामा व्यस्त

रसुवा, २७ कात्तिक । विगतका निर्वाचनका समयमा आमसभामार्फत मत माग्ने उम्मेदवार तथा नेता पछिल्लो समय घरदैलोमार्फत आ–आफ्ना पक्षमा मत माग्न व्यस्त छन् । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सहित गठबन्धन एवं नेकपा (एमाले), केही स्वतन्त्र उम्मेदवारले घरदैलो कार्यक्रमलाई व्यस्त बनाएका छन् । यहाँ प्रतिनिधिसभा सदस्यका लागि सात राजनीतिक दलले उम्मेदवारी दिएका छन् । जिल्लामा […]

सम्बन्धित सामग्री

उम्मेदवार घरघर पुगेर मत माग्न व्यस्त (तस्बिरहरू)

रामेछाप – मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा भाग लिएका विभिन्न राजनीतिक दलका सहित स्वतन्त्र उम्मेदवार मतदाताको घरघरमा पुगेर मत माग्न व्यस्त छन् ।  रामेछापमा चुनावमा उठेका उम्मेदवार पहिलो चरणको चुनावी सभा सकेर दोस्रो चरणको चुनावी कार्यक्रम लिएर मतदाताको घरदैलोमा पुग्न थालेका हुन् । मतदातासँग मत माग्न केही दिनमात्रै बाँकी हुँदा उनीहरू यतिखेर घरदैलोमा व्यस्त भएका हुन् । रामेछापमा एउटा प्रतिनिधि सभा र दुई वटा प्रदेश सभा छ । प्रतिनिधि सभातर्फ रामेछापमा सत्तारूढ गठबन्धनका उम्मेदव...

काठमाडौं–६ ‘क’ की उम्मेदवार हरिप्रभा खड्गी घरदैलोमा व्यस्त (फोटोफिचर)

काठमाडौं, २८ कार्तिक । मंसिर ४ गते हुने आम निर्वाचनको लागि यतिवेला उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । काठमाडौं–६ को प्रदेशसभातर्फको ‘क’ की उम्मेदवार हरि प्रभा खड्गी (श्रेष्ठ) ले आफ्नो चुनावी घरदैलोलाई आक्रामक रुपमा अघि बढाएकी छिन् । उनी आज आफ्नो क्षेत्रमा पर्ने बागबजारमा घरदैलोमा व्यस्त थिईन् । आफ्ना चुनावी एजेण्डासहित प्रचारप्रसारमा जुटेकी हरिप्रभा जित्नेमा निश्चिन्त् […]

भक्तपुर-१ का उम्मेदवार चुनावी प्रचारप्रसारमा व्यस्त

काठमाडौं । मतदान गर्ने दिन नजिकिएसँगै भक्तपुर निर्वाचन क्षेत्र नम्बर –१ का उम्मेदवारहरुले प्रचारप्रसारलाई तीब्रता दिएका छन्। विभिन्न राजनीतिक दलका उम्मेदवारका साथै स्वतन्त्र उम्मेदवारहरु पनि पुरानै आश्वासनका बोकेर मत माग्न घरदैलोमा व्यस्त भएका हुन् । उम्मेदवारहरुको घरदैलोमा स्थानीय किसानहरुले भने मल नपाएको गुनासो गरेका छन् । अहिले देशभरका उम्मेदवार आफ्नो अन्तिम प्रचारप्रसारका लागि दौड धूप […]

प्रतिनिधिसभा सदस्यका उम्मेदवार घरदैलोमा व्यस्त

विराटनगर– मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार घरदैलोमा व्यस्त रहेका छन् । यसक्रममा वामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार डा शेखर कोइराला चुनावी प्रचारप्रसारमा व्यस्त छन् । उनी विसं २०७४ मा भएको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा नेकपा ९एमाले०का उम्मेदवार लालबाबु पण्डितबाट पराजित भएका थिए ।  सोही क्षेत्रका एमालेका तर्फबाट पण्डित पुन ः निर्वाचनमा होमिएका […]

निर्वाचन नजिकिएसँगै उम्मेदवार प्रचारप्रसारमा व्यस्त

घोराही– आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गाउँ-गाउँमा निर्वाचन प्रचारप्रसारमा व्यस्त छन् । प्रचारप्रसारमा हिँडेका उम्मेदवारले घरदैलोमा पुगेर मतदाताका कुरा सुन्दै आफ्ना कुराहरू उनीहरूलाई सुनाउँदै निर्वाचनमा आफू र आफ्नो पार्टीलाई मतदानका लागि आग्रह गर्ने गरेका छन् ।  तीन प्रतिनिधिसभा र ६ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको […]

नुवाकोटका उम्मेदवार मतदाता भेट्न व्यस्त

नुवाकोट – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नुवाकोटका उम्मेदवार मतदाता भेट्न व्यस्त छन् । सबै उम्मेदवार यतिबेला घरदैलोमा जुटेका छन् । क्षेत्र नं २ बाट उम्मेदवारी दिएका संयुक्त वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरू कार्यकर्ता भेट्न आजदेखि वडा तहमा जान थालेका छन् । उम्मेदवारी दिएपछि पालिकास्तरमा संयुक्त बैठकमा सहभागी भएका उम्मेदवार आजदेखि प्रत्येक […]

दलहरु उम्मेदवार सिफारिसमा व्यस्त

आउँदो मंसिर ४ गते हुने आम निर्वाचनका लागि जिल्लास्थित ठूला दल उम्मेदवार सिफारिसमा व्यस्त भएका छन्।...

मत माग्दै घरदैलोमा व्यस्त उम्मेदवार

काठमाडौं, वैशाख १९ । देशभरका उम्मेदवार मत माग्दै घरदैलोमा व्यस्त हुन थालेका छन् । सबै दलले केन्द्रले तय गरेको घोषणापत्रको आधारमा प्रतिबद्धतापत्र लिएर घरदैलोमा व्यस्त देखिएका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा आफ्नो उम्मेदवारलाई विजयी गराउन घरदैलोमा व्यस्त देखिएका छन् । पाँच वर्षमा […]

उम्मेदवार घरदैलो अभियानमा व्यस्त

काठमाडौँ,१५ वैशाख । राजनीतिक दलका उम्मेदवारले चुनावप्रचार प्रसार अभियानलाई तीव्रता दिएका छन् ।नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका राजनीतिक दलका उम्मेदवार घरदैलो अभियानमा व्यस्त छन् । आसन्न निर्वाचनमा जिल्लाका छ वटै स्थानीय तहमा कांग्रेसले चुनाव प्रचारप्रसार अभियानलाई तीव्रता दिएको कांग्रेस म्याग्दीका उपसभापति केवी भण्डारीले जानकारी दिए । एमाले म्याग्दीले पनि आफ्ना उम्मेदवारलाई जिताउन […]

म्याग्दीमा दलहरू उम्मेदवार छनोटमा व्यस्त

म्याग्दी-आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्याग्दीमा दलहरू उम्मेदवार छनोटमा व्यस्त छन् । चुनावी प्रचारप्रसार गर्दै घरदैलोमा पुग्न थालेका दलहरूले वडा र पालिकामा आफ्नो पार्टीबाट उम्मेदवार बनाउने विषयलाई समेत छलफल र बैठकलाई पालिका र वडा कमिटीले प्राथमिकतामा राखेका छन् । दलहरूबीच चुनावमा तालमेलको सम्भावना रहेपनि अहिलेसम्म ठोस खाका बनिसकेको छैन ।नेपाली कांग्रेसले […]