रामेछाप – मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा भाग लिएका विभिन्न राजनीतिक दलका सहित स्वतन्त्र उम्मेदवार मतदाताको घरघरमा पुगेर मत माग्न व्यस्त छन् ।
रामेछापमा चुनावमा उठेका उम्मेदवार पहिलो चरणको चुनावी सभा सकेर दोस्रो चरणको चुनावी कार्यक्रम लिएर मतदाताको घरदैलोमा पुग्न थालेका हुन् । मतदातासँग मत माग्न केही दिनमात्रै बाँकी हुँदा उनीहरू यतिखेर घरदैलोमा व्यस्त भएका हुन् ।
रामेछापमा एउटा प्रतिनिधि सभा र दुई वटा प्रदेश सभा छ । प्रतिनिधि सभातर्फ रामेछापमा सत्तारूढ गठबन्धनका उम्मेदव...