काठमाडौं : बतास समूहलाई नारायणहिटी दरबार संग्रहालय परिसरको जग्गा रेष्टुरेन्ट सञ्चालनका लागि ठेक्का दिएको विवादमा मुछिएका कार्यकारी निर्देशकले पदबाट राजीनामा दिएका छन्।नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले आज पदबाट राजीनामा दिएका हुन्।दाहालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएको मन्त्री प्रेम आलेका प्रेस संयोजक विमल विष्टले जानकारी दिए।नारायणहिटी दरबार संग्रहालयको जग्गा ठेक्काको विषमा छानबिन गर