ह्याकरको निशानामा अमेरिकी प्रविधि कम्पनी

एजेन्सी। ह्याकरहरुले अमेरिकाका २०० वटाभन्दा धेरै प्रविधि कम्पनीमा आक्रमण गरेका छन्। अमेरिकाको फ्लोरिडामा अवस्थित प्रविधि कम्पनी ह्याकरको निशानामा परेका हुन्। अमेरिकी अधिकारीहरुले रसियाका ह्याकरहरुले आक्रमण गरेको हुनसक्ने अनुमान लगाएका छन्। रेभिल समूहका ह्याकरले आक्रमण गरेको अनुमान लगाइएपछि अहिलेसम्म पुष्टि भइसकेको छैन। अमेरिकाको साइबल सेक्यूरिटी एजेन्सीले आक्रमण गरेको स्थान पत्ता लगाउने कोशिस गरिरहेको छ।

सम्बन्धित सामग्री

भारतको कर्नाटकमा आईफोन उत्पादन गरिने, वर्षको दुई करोड फोन बनाउने लक्ष्य

कर्नाटक सरकारका अनुसार अमेरिकी प्रविधि कम्पनी एप्पलका लागि सबैभन्दा बढी आइफोन उत्पादन गर्ने कम्पनी फक्सकनले आगामी वर्षको अप्रिल महिनादेखि सो राज्यमा आइफोन उत्पादनको काम थाल्नेछ ।

डेल कम्पनी आर्थिक संकटमा, साढे ६ हजार कर्मचारी कटौती गर्ने

काठमाडौं । पर्सनल कम्प्युटर निर्माता चर्चित अमेरिकी प्रविधि कम्पनी डेलले फेरि एकपटक कर्मचारी कटौती गर्ने भएको छ । यसबाट डेल कम्पनीमा कार्यरत ६ हजार ६५० भन्दा धेरैले जागिर गुमाउने छन् । यो संख्या कम्पनीमा विश्वभर कार्यरत कूल कर्मचारीको ५ प्रतिशत हो । यसअघि सन् २०२० मा पनि कोरोना महामारीलाई कारण देखाउँदै डेलले केही कर्मचारी कटौती […]

रुसमा फेसबुक र इस्ट्राग्रामको प्यारेन्ट कम्पनी मेटामाथि प्रतिबन्ध

काठमाडौं । रुसले फेसबुक र इन्स्टाग्रामको प्यारेन्ट कम्पनी मेटालाई ‘आतंकवादी एवं अतिवादी’ सूचीमा राखेको छ । रुसको वित्तीय अनुगमन एजेन्सी रोसफिन मोनिटरिङले अमेरिकी विशाल प्रविधि कम्पनी मेटालाई आतंकवादी र चरमपन्थीको सूचीमा थपेको इन्टरफ्याक्स समाचार एजेन्सीले जनाएको हाे । युक्रेनमा रुसको सैन्य अभियानका क्रममा मेटाले गत मार्च १० मा ‘रुसी आक्रमणकारीहरूलाई मृत्यु’ जस्ता विज्ञप्तिहरू पोष्ट गर्ने […]

फेसबुक सञ्चालक कम्पनी मेटा रुसको आतंकवादी सूचिमा, अदालतले दियो निरन्तरता

२६ असोज, काठमाडौं । रुसको वित्तिय निगरानी गर्ने संस्था रोजफिन मोनिटरिङले अमेरिकी प्रविधि कम्पनी मेटालाई आतंकवादी र चरमपन्थीको सूचीमा राखेको छ । मेटा इन्टरनेट मिडिया प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप सञ्चालन गर्ने कम्पनी हो। रुसले मार्चमा फेसबुक र इन्स्टाग्राम प्रतिबन्ध लगाएको थियो । मस्कोको एक अदालतले रुसी निर्णयलाई पुनर्विचार गर्न गरिएको मेटाको अपील अस्वीकार गरेको […]

पेट्रोलियमको मूल्य बढेसँगै साउदी आरामको बन्यो विश्वको सबैभन्दा मूल्यवान् कम्पनी

साउदी अरबको तेल कम्पनी ‘साउदी आरामको’ विश्वको सबैभन्दा मूल्यवान् कम्पनी बनेको छ । अमेरिकी प्रविधि कम्पनी एप्पललाई उछिन्दै ‘साउदी क्राउन’को लगानी रहेको साउदी आरामको विश्वकै मूल्यवान् कम्पनी बनेको हो ।रुस–युक्रेन युद्धको प्रभावका कारण विश्वभरमा आएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारणले साउदी आरामकोलाई फाइदा भएको छ । विश्वभर कच्चा तेलको मूल्यमा उच्च वृद्धि आउँदा त्यसको प्रत्यक्ष फाइदा साउदी आरामकोले उठाएको हो ।अमेरिकी समाचार संस्था सीएनएनका अनुसार हाल अमेरिकी प्रवि

अमेरिकी कम्पनी एप्पलले पनि लगायो रुसमाथि प्रतिबन्ध

अमेरिकी प्रविधि कम्पनी एप्पलले पनि रुसमाथि प्रतिबन्ध लगाएको छ । छिमेकी मुलुक युक्रेनमाथि सैन्य हमला सुरू गरेपछि पश्चिमा देशले निरन्तर रुसविरुद्ध प्रतिबन्धको घोषणा गर्दैछन् । यो होडमा पश्चिमा देशका कम्पनीहरू समेत सरिक भइरहेका छन् ।यही शिलसिलालाई साथ दिँदै अमेरिकी आइफोन उत्पादक एप्पलले समेत रुसमा सबै प्रकारका उत्पादनको बिक्री बन्द गरेको हो । ‘हामीले रुसतर्फको सबै निर्यात बन्द गरिसकेका छौं,’ कम्पनीले भनेको छ, ‘अब कुनै पनि स्थानबाट रुसका एपहरू एपस्टोरबाट डाउनलोड गर्न सकिँदैन ।&rsqu

तीन वर्षमै एप्पलले थप्यो २ खर्ब डलर, ३ खर्ब डलरको संसारकै पहिलो कम्पनी

अमेरिकी कम्पनी एप्पल तीन खर्ब डलर बजार मूल्य भएको पहिलो कम्पनी बनेको छ। एप्पल विश्वको ३ खर्ब डलरको बजार मूल्य पुगेको पहिलो प्रविधि कम्पनी बनेको हो। तीन वर्षअघि एक खर्ब डलर (बजारमूल्य) रहेको कम्पनीले पछिल्लो दुई वर्षमा २ खर्ब डलर थप गर्न सफल भएको हो। सन् १९७६ मा स्टिभ जब्सले आफ्नो घरको ग्यारेजमा स्थापना गरेको […]

गुगललाई पन्छाउँदै टिकटक बन्यो सबैभन्दा लोकप्रिय कम्पनी

यो वर्ष सन् २०२१ मा चिनियाँ भिडियो सेयरिङ प्लेटफर्म टिकटक सबैभन्दा लोकप्रिय प्रविधि कम्पनी बनेको छ । अमेरिकी सर्च इञ्जिन गुगललाई पछि पार्दै टिकटक सबैभन्दा लोकप्रिय कम्पनी बनेको हो । गत वर्ष सन् २०२० मा टिकटक दोस्रो स्थानमा थियो ।टिकटकले यसअघि नै अमेरिकी कम्पनीहरू फेसबुक, माइक्रोसफ्ट र एप्पललाई पछाडि पारिसकेको छ । क्लाउडफेयरले सार्वजनिक गरको रिपोर्टअनुसार टिकटकले आफूलाई छोटो अवधिमै विश्वकै सबैभन्दा लोकप्रिय प्रविधि कम्पनीमा उभ्याएको हो ।योसँगै गुगल दोस्रो स्थानमा आइपुगेको छ । गुगलपछि फेसबुक,

माइक्रोसफ्टले सार्वजनिक गर्यो ‘विन्डोज ११’

एजेन्सी। प्रविधि कम्पनी माइक्रोसफ्टले ‘विन्डोज ११’ सार्वजनिक गरेको छ। सात वर्ष पुरानो विन्डोज १०लाई विस्थापित गर्दै माइक्रोसफ्टले अपडेटेड भर्जन सार्वजनिक गरेको हो। कम्पनीका अनुसार विन्डोज १० बाट ११मा निःशूल्क रुपमा अपडेट गर्न सकिन्छ। विन्डोज ११ अपडेट गरेपछि डेक्सटपमै ५ लाखभन्दा बढी एपहरु चलाउन मिल्ने बताइएको छ। माइक्रोसफ्ट अमेरिकी प्रविधि कम्पनी हो।

दुई ट्रिलियन डलर क्बलमा प्रवेश गर्‍यो माइक्रोसफ्ट

एजेन्सी। अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टको बजार मूल्य दुई ट्रिलियन डलर पुगेको छ। दुई ट्रिलियन डलर बजार मूल्य पार गर्ने अमेरिकाको र विश्वकै दोस्रो कम्पनी हो। यसअघि यो उपलब्धि अमेरिकाकै कम्पनी एप्पलले पार गरिसकेको छ। मंगलबारसम्मको तथ्यांकअनुसार साउदी अरेबियाको तेल कम्पनी ‘साउदी आरामको’को बजार मूल्य १.८८ ट्रिलियन डलर छ।